default_image

8 years ago

September 7, 2017

प्रतिभालाई युरोपमा भलिबल प्रशिक्षणको मौका

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीले युरोपमा प्रशिक्षण गर्ने अवसर पाएकी छिन् । माल्दिभ्सको क्लबबाट व्यावसायिक भलिबलको अनुभव समेत बटुलिसकेकी प्रतिभालाई नेदरल्यान्ड्समा तीन साताको इन्टर्नसिपका लागि निमन्त्रणा प्राप्त भएको नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्ले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् ।

नेदरल्यान्ड्स भलिबल संघले प्रतिभालाई प्रशिक्षणको लागि मौका दिन लागेको हो । ‘हामीले आफ्नै खर्चमा खेलाडीलाई युरोप पठाएर प्रशिक्षण गर्ने भनेको अहिलेको लागि कल्पना मात्रै हो ’ महासचिव चन्दले भने, ‘त्यसले प्रतिभाका लागि जुन अवसर मिलेको छ , व्यक्तिगत रुपमा उनलाई त फाइदा पुग्छ नै । त्योसँगै नेपालको महिला भलिबल टोलीमै त्यसको प्रभाव पर्नेछ । हाम्रो स्तर उन्नतीमा पनि यसले मद्दत गर्नेछ । ’

केही महिनाअघि नेपाल भ्रमणमा आएका नेदरल्यान्ड्स भलिबल संघका विकास प्रबन्धक पिटर भ्यान तरेलले प्रतिभाका लागि निम्ता पठाएका हुन् । न्यू डायमण्ड एकेडेमीकी खेलाडी प्रतिभाले त्यहाँ रहँदा व्यावसिायक प्रशिक्षण प्रदान गर्ने प्राविधिक कार्यक्रममा भाग लिन पाउने बताइएको छ । त्यहाँ रहँदाको प्रतिभाको सबै खर्च नेदरल्यान्ड्स भलिबल संघले नै बेहोर्ने बताइएको छ ।

तरेलसँगै नेपालको राष्ट्रिय पुरुष टोलीलाई प्रशिक्षण दिन आएका म्याट भान विजल नेदरल्यान्ड्समा प्रतिभाको संरक्षक हुनेछन् । विजल नेपालमा रहँदा प्रतिभाको प्रदर्शनबाट निकै प्रभावित भएका थिए । नेपालको भलिबलमा सहयोग गर्ने विषयमा तरेल र भलिबल संघबीच सम्झौता पनि भएको थियो ।

सहास स्पोर्टसकी ब्रान्ड एम्बासडर समेत रहेकी प्रतिभालाई केही दिनअघि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरेको थियो । उनी नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा सोमबार हुने पल्सर स्पोर्टस अवार्डको उत्कृष्ट युवा खेलाडी विधाको मनोनयनमा पनि छिन् ।

letter

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.