default_image

8 years ago

September 21, 2017

प्रतिभा नेदरल्यान्ड्स जाँदै, साहस स्पोर्टसले गर्यो विदाइ

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा माली तीन साताको प्रशिक्षणका लागि आज नेदरल्यान्ड्स जाने भएकी छन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेलको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेकी छिन् ।


साहस स्पोर्टसले प्रतिभालाई एक कार्यक्रमका बीच आज विदाइ गरेको छ । खेलकुद पोशाक उत्पादक कम्पनी साहसले झन्डै दुई महिनाअघि प्रतिभालाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको थियो । साहस स्पार्टसका अध्यक्ष एवंम् प्रबन्धक निर्देशक जनक न्यौपाने, नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्का, कोषाध्यक्ष सुनकेशरी माली र न्यू डायमन्ड एकेडेमीका प्रशिक्षक कुमार राईले विदाइ गरे ।

माल्दिभ्सको क्लबबाट व्यावसायिक भलिबलको अनुभव बटुलिसकेकी उनले युरोपमा लिने प्रशिक्षणबाट खेल स्तरमा अझै निखार आउने आफुले विश्वास लिएको साहस स्पोर्टसका प्रबन्ध निर्देशक न्यौपानेले बताए ।

प्रतिभाले भलिबल संघ, समर्थक, प्रशिक्षकलगायत सबैको प्रेरणाले आफु यहाँ पुग्न सफल भएकोले सबैलाई धन्यवाद दिदै प्रशिक्षणले खेल स्तरमा अझै सुधार हुने विश्वास व्यक्त गरिन् । भलिबल संघका उपाध्यक्ष खड्काले प्रतिभाले प्राप्त गरेको अवसरले नेपाली भलिबललाई नै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

न्यू डाइमन्डका प्रशिक्षक राईले प्रतिभाको प्रशिक्षणका लागि संयोजनको भूमिका निर्वाह गरेकामा भलिबल संघ र अवसर जुटाइदिने नेदरल्यान्ड्स भलिबल संघलाई धन्यवाद दिए ।

तरेलसँगै केही महिना अघि नेपाल आएका म्याट भान विजल भ्रणमका दौरान प्रतिभावको खेल देखेर प्रभावित भएको थियो । प्रतिभाको प्रशिक्षणको सबै खर्च नेदरल्यान्ड्स भलिबलले बेहोर्ने बताइएको छ ।

गत महिना युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय प्रतिभा सम्मानबाट प्रतिभालाई सम्मान गरेको थियो । उनी गत महिना नै नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको वर्षका उत्कृष्ट खेलाडी महिनाको मनोनयनमा समेत परेकी थिइन् । प्रतिभा असोज ३० गते स्वदेश फर्कनेछिन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.