default_image

8 years ago

September 23, 2017

यू–१८ राष्ट्रिय भलिबललाई प्याब्सनको साथ

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगामी कात्तिक १२ गतेदेखि राजधानीमा आयोजना हुने यू–१८ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितालाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले मुख्य प्रायोजन गरेको छ ।

Volleyball

नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि प्याब्सनले ५ लाख रुपैयाँ प्रायोजन गरेको छ । शनिबार नक्सालस्थित होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसीले प्रायोजन सम्झौतामा हस्ताक्षर गरे ।

प्याब्सन अध्यक्ष सम्बाहाम्फेले राष्ट्रिय खेल भलिबलको विकास विद्यालय तहबाटै गर्न कमिसनले उमेर समूहको प्रतियोगिता आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले भलिबलको विकास र विस्तारका लागि आगामी दिनमा पनि सहकार्य गर्न तयार रहेको बताए ।

नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसीले भलिबल खेलको विकासका लागि देशभरका विद्यालयसँग सहकार्य गरेर अगाडि बढ्न लागेको बताए । नयाँ बसपार्कमा आयोजना हुने प्रतियोगितामा १२ पुरुष र आठ महिला टोलीको सहभागिता रहने छ । प्रतियोगिताका विजेता टोलीले एक लाख, उपविजेताले ६० हजार र तेस्रो स्थान हासिल गर्ने टोलीले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने कमिसनका अध्यक्ष केसीले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् भने विधागत उत्कृष्टतर्फ बेस्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर र डिफेन्सले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि १३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान कमिसनको छ ।

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, उपाध्यक्ष रञ्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्द, प्याब्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानालगायतको उपस्थिति रहेको थियो ।

न्यु डायमन्डका प्रशिक्षक राई सम्मानित

न्यु डायमन्ड एकेडेमीका प्रधानाध्यापक एवं भलिबल प्रशिक्षक कुमार राई शनिबार सम्मानित भएका छन् । भलिबललाई राष्ट्रिय खेल बनाउन र उदयीमान नवप्रतिभावान खेलाडी उत्पादनमा पु¥याएको योगदानको कदर गर्दै राईलाई नयाँ नैकापमा अवस्थित तपाई हाम्रो बहुउद्देशीय सहकारी संस्थाले सम्मान गरेको हो ।

नैकापस्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा तपाई हाम्रो बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष मनोजकुमार थापामगर र सल्लाहकार खोमराज खरेलले राईलाई सम्मानपत्रबाट सम्मान गरे । कार्यक्रममा हाल नेदरल्यान्ड्समा रहेकी राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यु डायमन्ड स्पोर्टस् क्लबलाई पनि सम्मान गरिएको थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.