8 years ago
September 28, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले यसपटकको दशै हङकङमा बित्ने भएको छ । उनी घान्द्रुक समाजको निमन्त्रणामा भलिबल खेल्न आज हङकङ पुगेका छन् । हरेक वर्ष त्यहाँ नेपाली समुदायकाबीच भलिबल प्रतियोगिता हुँदै आएको छ ।
हरेक जस्तो हङकङबाट नेपालीका एक खेलाडीलाई बोलाउने परम्परा अनुसार यसपटक आफुलाई बोलाइएको मानबहादुरले बताएका थिए । उनलाई हङकङमा आयोजकका प्रतिनिधिले स्वागत गरेका थिए । उनी त्यहाँ झन्डै दुई साता रहनेछन् । मानबहादुर हिजोमात्र माल्दिसबाट फर्केका थिए । माल्दिसको माल्सन स्पोर्टस क्लबबाट एसोसियन कप भलिबल च्याम्पियनसिप खेल्न उनी त्यहाँ पुगेका थिए ।
उनको पहिलो व्यावसायिक यात्रा मिश्रित खालको रह्यो । उनको टोली च्याम्पियनसिपको पहिलो चरणबाट बाहिरिएको थियो । यद्दपी उनले यो यात्रामा धेरै सिक्ने अवसर मिलेको हाम्रो खेलकुद डट कमसँग अनुभव साटेका थिए । सुरुआतमा माल्दिभ्स पुलिस क्लब र सिलाइक क्लबसँग पराजित भएको उनको टोलीले अन्तिम खेल जितेको थियो । त्यो खेलमा मानबहादुर म्यान अफ दी म्याच बनेका थिए ।
प्रतियोगितामा भाग लिने हरेक टोलीले एक अन्तर्राष्ट्रिय खेलाडी राख्न पाउने प्रावधानअनुरुप मानबहादुरले यो अवसर पाएका थिए । गत वर्ष माल्दिभ्समा एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा उनको प्रदर्शन देखेर प्रभावित भएपछि माल्सनले आफुलाई बोलाएको उनले सुनाएका थिए । गत वर्षको च्याम्पियनसिपमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्दा उनले उत्कृष्ट दोस्रो आउटसाइड अट्याकरको उपाधि जितेका थिए ।
उनले माल्सनबाट प्रतियोगिताभरका लागि एक हजार अमेरिकी डलर पाएका थिए । ‘क्लबबाट खेल्ने पुरुष खेलाडीमा म पहिलो भएको छु’ उनले भनेका थिए, ‘यसले भविष्यमा अन्य खेलाडीका लागि पनि ढोका खोल्न सक्ने भन्ने आशा लागेको छ ।’
पुरुषतर्फ उनी पहिलो भएपनि माल्दिभ्सबाट लिग भलिबल खेल्ने महिला खेलाडीको सुचि भने अलिक लामो छ । अहिले सम्म राष्ट्रिय टोलीका कोपिला उप्रेती, अरुणा शाही, प्रतिभा माली, मन्जु गुरुङलगायतले माल्दिभ्सबाट व्यावसायिक रुपमा खेलिसकेका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]