8 years ago
October 2, 2017
काठमाडौं (हाम्रो खेलकुद)– हङकङमा नेपाली समुदायबीच हिजो भएको नवौं खुला भलिबल प्रतियोगितामा आयोजक घान्द्रुक समाज हङकङ विजयी भएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले आयोजक टोलीलाई उपाधि दिलाउन मात्र मद्दत गरेनन् आफै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत बन्न सफल भए ।
आधिखोला हङकङलाई फाइनलमा सोझो सेटले हराउँदै घान्द्रुक च्याम्पियन बनेको हो । धान्द्रुक २५–१८,२५–२२,२५–२१ ले विजयी भएको थियो । आधि खोलाबाट अर्का राष्ट्रिय खेलाडी सुनिल श्रेष्ठ पनि खेलेका थिए । धान्द्रुकले त्यसअघि सेमिफाइनलमा सनसाइन क्लबलाई २५–१७,२५–१९,२८–२६ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । सेमिफाइनलमा मानबहादुर म्यान अफ दी म्याच बनेका थिए । विजेता घान्द्रकुले १२ हजार २ सय २२ हङकङ डलर प्राप्त गरेको छ ।
हरेक वर्ष त्यहाँ नेपाली समुदायकाबीच भलिबल प्रतियोगिता हुँदा नेपाली भलिबल टोलीका एक खेलाडीलाई बोलाउने परम्परा अनुसार मानबहादुरलाई बोलाइएको थियो । माल्दिभ्सबाट फर्केको भोली पल्ट बिहीबार नै उनी हङकङ पुगेका थिए । उनी माल्सन स्पोर्टस क्लबबाट एसोसियन कप भलिबल च्याम्पियनसिप खेल्न उनी माल्दिभ्स पुगेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]