8 years ago
October 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पूरुष भलिबलको तयारी पूरा भएको छ । आयोजक नेपाल विद्यालय भलिबल कमिसनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताो सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता कात्तिक १२ गते सोमबारबाट कात्तिक १९ गतेसम्म हुदैछ ।
प्रतियोगितामा देशैभरबाट महिलातर्फ १६ र पूरुषतर्फ २३ गरी ३९ विद्यायलको सहभागिता रहेको छ । ३९ टिमबाट करिब ६ सय खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । महिलातर्फको खेल नकआउटका आधारमा हुनेछन् भने पुरुषतर्फको खेल लिग कम नकआउटका आधारमा गरिने विद्यालय भलिबल कमिसिनका अध्यक्ष राम बहादुर केसीले जानकारी गराए ।
प्रतियोगिताको सबै खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिषण केन्द्रको कोर्टमा हुनेछ । यसै प्रतियोगिताबाट उत्कृष्ट २४ महिला र २४ पुरुष खेलाडी छनोट गरिने आयोजकले जनाएको छ । देशैभरबाट खेलाडी छानिने भएकाले आवश्यकता अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताको तालिका हेरी खेलाडीहरुलाई क्लोज क्याम्पमा राखिने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र महासचिव जितेन्द्र बहादुर चन्दले विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसीलाई प्रतियोगिताको लागि पाँच थान भलिबल र एक थान नेट हस्तान्तरण गरेको थियो । लिगका खेलहरु बेष्ट अफ थ्रीको आधारमा हुनेछ भने नकआउटका खेलहरु बेष्ट अफ फाइभका आधारमा हुनेछ ।
प्रतियोगिताको महिला र पूरुष दुवैतर्फको विजेताले समान १–१ लाख प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने दुवै टिमले समान ६०–६० हजार तथा तेस्रो हुने टिमले ३५–३५ हजार रुपैया प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष दुवै खेलाडीले समान ५–५ हजार प्राप्त गर्नेछन् भने हरेक विधाका उत्कृष्टतर्फ बेस्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर र डिफेन्सले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत प्रतियोगिता सञ्चालनका लागि १३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान कमिसनको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]