default_image

8 years ago

November 1, 2017

शिवम् न्यू डायमण्ड क्वार्टरफाइनलमा

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं नैकापको शिवम् न्यू डायमण्ड एकेडेमी राजधानीमा जारी प्रथम प्याब्सन यू–१८ भलिबल अन्तर्गत महिलातर्फको क्वार्टरफाइनलमा पुगेको छ । ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टर नयाँ बसपार्कमा बुधबार दुई राष्ट्रिय खेलाडी प्रतिभा माली र कृपा अधिकारी सम्मिलित न्यू डायमण्डले थ्रीस्टार एकेडेमी २५–४ र २५–८ को सोझो सेटमा हरायो ।

थ्री स्टार एकेडेमीविरुद्ध सर्ट प्रहार गर्दै शिवम् न्यू डायमन्डकी प्रतिभा माली । तस्बिर- विवेक सुवेदी/हाम्रो खेलकुद

महिलातर्फकै अर्को खेलमा चितवनको मेधौली स्पोर्टस् एण्ड एजुकेशन क्लबले वाकओभर पाउदै अन्तिम आठमा पुग्न सफल भएको छ । मैधौलीले अब सेमिफाइनल प्रवेशका लागि न्यू डायमण्डको सामना गर्नेछ । महिलातर्फकै अर्को खेलमा प्यारामाउण्टले परोपकार आदर्श माबिलाई १७–२५, २५–१७ र २६–२४ ले हराएको थियो । प्यारामाउण्टले क्वाटर फाइनलमा भक्तपुरको स्प्रिङडेलसँग प्रतिस्पर्धा गर्नेछ ।

थ्रीस्टार एकेडेमी र ग्यासियर कलेज पुरुषतर्फको अन्तिम आठमा पुगेका छन् । बुढानिलकण्ठको थ्रीस्टारले झापा बिद्यालय भलिबल कमिसनलाई २५–२१ र २५–१४ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको थियो । कोटेश्वरको ग्लासियर कलेजले धादिङको एड्भान्स एकेडेमीलाई २५–१० र ३१–२९ ले पराजित गर्यो ।

निजी तथा आवसिय बिद्यालय संगठन (प्याब्सन) को मुख्य प्रायोजनमा सञ्चालन भएको पुरुषतर्फकै खेलबाट सफलता निकाल्दै नुवाकोटको बुङताङ भलिबल टिम र सेक्रेटहार्ट पनि क्वार्टरफाइनलमा पुगे । बुङताङले धनुषाको बिनायक स्कुललाई २५–९ र २५–१५ ले तथा सेक्रेटहार्टले मोरङ बिद्यालय भलिबल कमिसनलाई २५–१५ र २५–१६ ले हरायो ।

नेपाल विद्यालय भलिबल कमिसनको आयोजना सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलिले उपाधिसहित १ लाख,दोस्रो हुनेले ६० हजार, तेस्रोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । आइतबारसम्म चल्ने प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.