default_image

8 years ago

November 3, 2017

शिवम् न्यू डायमण्ड र एभरेष्ट सेमिफाइनलमा

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यू डायमण्ड एकेडेमी र एभेरेष्ट बोर्डिङ स्कुल राजधानीमा जारी प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा पुग्न सफल भएका छन् ।


शुक्रवार भएको क्वाटरफाईनल खेलमा नैकापको शिवम् न्यू डायमण्डले चितवनको मेधौली स्पोर्टस् एण्ड एजुकेशन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । राष्ट्रिय खेलाडीदद्वय स्पाईकर प्रतिभा माली र सेटर कृपा अधिकारी मुख्य खेलाडी रहेको शिवम् न्यु डायमण्डले मेधौली स्पोर्टस्माथि २५–११, २५–१६ र २५–८ को सहज जित निकाल्यो ।

नयाँ बसपार्कको ढोरपाटन स्पोर्ट्स ट्रेनिङ सेन्टरको खेल मैदानमा शुक्रबार भएको महिलातर्फको अर्काे खेलमा रुपन्देहीको एभरेष्ट स्कुलले दाङको श्रीगाउँ खेलकुद बिकास समितिलाई २५–२२, २५–१३ र २५–२० को सोझो सेटमा हराएर अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

काठमाडौंको प्यारामाउण्ट स्कुलले भक्तपुरको स्प्रिङडेल स्कुललाई २५–२१, २५–१९ र २५–१४ को सोझो सेटमा हराउँदै शिवम् न्युडायमण्डसँग सेमिफाइनलमा भेट पक्का गरेको हो । ढोरपाटन स्पोर्टस् क्लबले पोखराको टप्स माविमाथि २५–१५, २७–२५ र २७–२५ को कठिन जित निकाल्यो । अब महिलाको दोस्रो सेमिफाइनलमा ढोरपाटन र एभरेष्ट खेल्नेछन् ।

निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) को मुख्य प्रायोजनमा सञ्चालन भएको पुरुषतर्फ कञ्चनपुरको लिटिल बुद्ध एकेडेमी र काठमाडौंको सेक्रेटहार्ट स्कुल सेमिफाईनलमा प्रवेश गरेका छन् । सेक्रेटहार्ट स्कुलले बुढानिलकण्ठको थ्री स्टार एकेडेमीलाई २५–१८, २५–२३ र २५–२३ को सोझो सेटमा हरायो ।

त्यस्तै लिटिलबुद्ध एकेडेमीले भत्तपुरको स्प्रिङडेल एकेडेमीलाई २५–२१, २५–२३ र २५–१७ को सोझो सेटमा हरायो । पुरुषतर्फ न्युटन र ढोरपाटन बीचको तेस्रो क्वाटर फाईनल खेल लाईट प्रोटेष्टका कारण स्थगित भएको छ । पुरुषतर्फको सेमिफाईनलमा सेक्रेटहार्टले नुवाकोटको बुङताङसँग खेल्नेछ भने लिटिल बुद्धले न्युटन र ढोरपाटन बीचको बिजेतासँग खेल्नेछ ।

नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेता टोलिले नगद १ लाख प्राप्त गर्ने छ । यस्तै उपविजेताले ६० हजार, तेस्रोले ३५ हजार तथा उत्कृष्ट विधाका विजेताले नगद ५ हजार सहित उत्कृष्ट अवार्ड हात पार्नेछन् । प्रतियोगिता कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.