8 years ago
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)– शिवम् न्यू डायमण्ड एकेडेमी प्रथम प्याब्सन यू–१८ भलिबल प्रतियोगिता अन्र्तगत महिलातर्फको च्याम्पियन बनेको छ । नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस टे«निङ सेन्टरमा आइतबार बुटवलको एभरेष्ट बोड्रिङ स्कुललाई ३–० ले हराउँदै न्यू डायमण्डले उपाधि जितेको हो ।

प्रथम प्याब्सन यू १८ भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको च्याम्पियन शिवम् न्यू डायमण्ड एकेडेमीको टोली ।
न्यू डायमण्डले एभरेष्टलाई २५–१३, २५–१४ र २५–१७ को सेटमा पराजित गरेको हो । उपाधिसहित न्यू डायमण्डले १ लाख रुपैयाँ प्राप्त गर्यो । एभरेष्टले नगद ६० हजार रुपैयाँ पायो । कुलेश्वरको पारामाउन्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखराको टप्स मावि पोखरा तेस्रो भयो । टप्सले ३५ हजार रुपैयाँ प्राप्त गर्यो ।
विजेता टोली प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र उनले ५ हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै न्यू डायमण्डकी कृपा अधिकारी उत्कृष्ट सेटर बन्दा सोही क्लबकी रष्मिता दुरा उत्कृष्ट डिफेन्डर, एभरेष्टकी पुनम चन्द उत्कृष्ट स्पाइकर, कामना विष्ट उत्कृष्ट ब्लकर, टप्सकी ममता डगौरा उत्कृष्ट सर्भर घोषित भइन् । उत्कृष्ट सबैले ३ हजार रुपैयाँ प्राप्त गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशबकुमार बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितन्द्रबहादुर चन्द, आयोजक नेपाल बिद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसीलगायतले विजेता, उपविजेता र तेस्रो टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
पुरुषतर्फ न्युटन र बुङताङले फाइनल खेल्ने
पुरुषतर्फको फाईनल खेल भने सोमबार हुने भएको छ । सेक्रेहार्टले नुवाकोट बुङताङलाई सेमिफाईनलमा हराउदै फाइनल पुगेको थियो । तर, थ्रीस्टारले क्वार्टरफाइनलमा लगाएको प्रोटेष्ट प्रमाणित भएपछि सेक्रेटहार्ट प्रतियोगितामा खेल्न अयोग्य टिम भएको आयोजक नेपाल बिद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसीले जानकारी गराए ।
सेक्रेटहार्टले क्वाटर फाईनल थ्री स्टारलाई पराजित गरे पछि १८ बर्ष माथिको खेलाडी खेलाएको भन्दै थ्रीस्टारले सेक्रेटहार्टमाथीे प्रोटेष्ट गरेको थियो । थ्री स्टारको प्रोटेष्ट प्रमाणित भए पछि सो समूहबाट सेक्रेटहार्टसग क्वार्टरफाइनलमा पराजित थ्रीस्टार र सेमिफाईनमा पराजित नुवाकोटको बुङताङ भलिबल संघले आयोजकको निर्णय अनुसार सेमिफाईनल खेल्ने अवसर पाए ।
सेमिफाइनल खेलमा नुवाकोटको बुङताङ भलिबल संघले थ्रीस्टार एकेडेमीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । पहिलो र दोश्रो सेट २२–२५ र २०–२५ ले गुमाएको बुङताङले खेलमा पुनरागमन गदै २५–२१, २५–२० र १५–९ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । ढिलो सुरु भएको न्युटन र बुङताङ बीचको फाइनल खेलमा स्थिगित हुनुअघि न्युटन १–० ले अघि थियो । खेल सोमबार शुरुवातबाटै हुने आयोजकले जनाएको छ । खेल १ बजेपछि शुरु हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]