default_image

8 years ago

December 26, 2017

पोखरा पराजित, ललितपुर र पोखरा दुवै प्ले अफमा

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्सले राजधानीमा जारी टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दै प्ले अफमा प्रवेश गरेको छ ।

पराजित भएपनि पोखरा यसअघि नै प्ले अफमा पुगिसकेको हो । यी दुई टोलीले नै बुधबार नै प्ले अफ खेल्नेछ । अंक तालिकामा पोखरा ४ अंकसहित तेस्रो तथा पोखरा नेट रनरेटमा पछि पर्दै चौथो स्थानमा छ ।

पोखराले दिएको १ सय ३२ रनको लक्ष्य ललितपुरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । ललितपुरका लागि ओपनर जयकिसन कोल्सावाला र शंकर रानाले पहिलो विकेटको लागि ८४ रनको साझेदारी गर्दै जितको आधार देखाएका थिए ।

खेलको म्यान अफ दि म्याच घोषित भएका कोल्सावालाले सर्वाधिक ५६ रन बनाए । शंकर राना ३५ रनमा कप्तान शक्ति गौचनबाट बोल्ड आउट भएका थिए । कुशल भुर्तेल ५ रनमा आउट भए ।

आक्रमक ब्याटिङ गरेका कप्तान ज्ञानेन्द्र मल्लले १७ बलमा १ चौका र १ छक्काको मद्दतमा २७ रनमा अविजित रहे । जितका लागि अन्तिम बलमा १ रन चाहिएकाे अवस्थामा कप्तान मल्लले छक्का प्रहार गर्दै जित दिलाएका थिए ।

सन्नी पटेल पनि १ रनमा नटआउट रहे । दिपेश भण्डारी ८ रनमा आउट भएका थिए । पोखराका इसरार उल्लाहले २ तथा कपन शक्ति गौचन र सुसन भारीले समान २ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रनको मध्यम योगफल बनाएको थियो । पोखराका लागि ओपनर सुनिल धमलाले ७० रनको अविजित योगदान दिए । ६२ बल खेलेका सुनिलले २ चौका र ५ छक्का प्रहार गरे ।

सुनिल प्रतियोगितामा तेस्रो अर्धशतक बनाउने नेपाली खेलाडी बने । यसअघि पवन सर्राफ र दिपेन्द्रसिंह ऐरीले अर्धशतक पुरा गरेका थिए । अहिलेसम्म प्रतियोगितामा १२ अर्धशतक भएका छन् । त्यसमध्ये ९ अर्धशतक विदेशी खेलाडीको नाममा छ ।

राजेश पुलामी मगरले ३२ रन बनाए । सुनिल र राजेशले तेस्रो विकेटको लागि ६६ रनको साझेदारी गरे । छैटौ नम्वरमा ब्याटिङमा आएका विनोद भण्डारी १२ रनमा आउट भए । इसरार उल्लाह ३ तथा आसिफ अली २ रनमा पभेलियन फर्किएका थिए । ललितपुरका दिपेश भण्डारी, रसिद खान, ललित नारायण राजवंशी र सन्दिप लामिछानेले समान १ विकेट लिए ।

भैरहवा र विराटनगरले बुधबार नै क्वालिफायर खेल्ने छन् । सो खेलमा विजयी टोली सिधै फाइनल प्रवेश गर्ने छ । त्यस्तै पोखरा र ललितपुर बीचको विजेताले क्वालिफायरमा हारेको टोलीसँग दोस्रो एलिमिनेटर खेल्न पर्ने छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.