default_image

8 years ago

January 8, 2018

महिला डबल लिग भलिबललाई साँचो हस्तान्तरण

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिग भलिबलको १३ औं संस्करणको सह–प्रायोजक युएम आईएमइ अटो मोटिभ्सले प्रतियोगिता आयोजक ढोरपाटन स्पोर्टस क्लबलाई पाँच स्कुटरको साँचो हस्तान्तरण गरेको छ ।

राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै सह–प्रायोजक युएम आईएमइ अटो मोटिभ्स प्रालिले आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई पाँच थान स्कुटरको साँचो हस्तान्तरण गरेको हो । युएमका डिभिजन हेड उज्वल जोशीले ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललाई सो स्कुटीको साँचो हस्तान्तरण गरे ।

युएम आईएमइ अटो मोटिभ्स प्रालिले चार उत्कृष्ट खेलाडी र एक दर्शकका लागि जम्मा ५ स्कुटरको प्रायोजन गर्ने निर्णय गरेको थियो । १३ औं संस्करणको प्रतियोगितालाई इनर्जी ड्रिङ्स रेडबुलले मुख्य प्रायोजन गरेको छ । युएम आईएमइ अटो मोटिभ्ससँगै सामाखुसी बोर्डिङ स्कुल (सेब), बिजी मल र जिमी ग्रुपले प्रतियोगितालाई सह–प्रायोजन गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा प्रतियोगिता माघ ४ देखि १९ सम्म हुनेछ । प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्यु डायमन्ड एकेडमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पुर्वाञ्चल क्षेत्रिय महिला भलिबल, काठमाडौंको पारामाउन्ट हाइ स्कुल, भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमी गरी १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा साविक विजेता रिड मोडल कलेजले भने सहभागिता जनाएको छैन ।

प्रतियोगितामा सहभागि टिमले विदेशी ४ खेलाडी राख्न पाउने प्रावधान राखिएको छ तर, प्लेइङ सिक्समा भने ३ विदेशी खेलाडी मात्र कोर्टमा उत्रन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ३ लाख २५ हजार र उपविजेताले १ लाख ७० हजार र तेस्रो हुने टोलीले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेलाई ५० हजार, पाचौँ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टिमले २० हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको चार विधामा उत्कुष्ट हुने खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउनेछन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडी स्कुटरका हकदार हुने छन् । एक दर्शकले समेत स्कुटर पाउनेछन् । प्रतियोगिताको अन्तिम दिन टिकट काटेर खेल हेर्न गएकामध्ये एक दर्शकले लक्की ड्र बाट स्कुटर जित्नेछन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलाई जनही ५ हजार पुरस्कार पनि दिइने आयोजकले जनाएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.