default_image

8 years ago

January 18, 2018

दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल फागुनमा

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल फागुनमा हुने भएको छ ।

पर्वतको सदरमुकाम कुश्मामा रहेको रेडियो दिदी बहिनीको आठौं वार्षिकोत्सवको अवसर पारेर दोस्रो संस्करणको दिदी बहिनी कप राष्ट्रिय महिला भलिबल फागुन २२ देखि २४ गतेसम्म आयोजना गर्न लागिएको रेडियोका अध्यक्ष कल्पना चापागाईंले पत्रकार सम्मेलनमार्फत बिहिबार जानकारी गराइन् । त्यसअघि कुश्मा बजारमा बृहत दशौं पश्चिमाञ्चल महिला महोत्सव हुने पनि आयोजकले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित काठमाडौंको न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल टिम र आयोजक गरी ६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । रेडियोकी अध्यक्ष चापागाईंले महिला हिंसाविरुद्ध सशक्तीकरण अभियान, पर्यटकीय विकासमा टेवा र मोफसलमा खेल संस्कृतिको विकास गर्न प्रतियोगिता आयोजना गर्न लागेको बताइन् । यस्तै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले प्रतियोगिताको लागि संघले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी खेलाइने छ । प्रतियोगिताको विजेताले ट्रफी तथा नगद १ लाख पुरस्कार जित्नेछन् । उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार पाउनेछन् ।

उत्कृष्ट खेलाडी र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र सर्भरले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । अनुमानित १५ लाख खर्च हुने प्रतियोगिताको लागि सहभागी सबै टोलीलाई आउने जाने र खाने व्यवस्था आयोजकले बेहोर्ने छ ।अघिल्लो संस्करणमा काठमाडौंको न्यु डायमण्ड एकेडेमी च्याम्पियन बनेको थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.