8 years ago
January 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिता बिहिबारबाट राजधानीमा शुरु भएको छ । नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा बिहिबारबाट शुरु भएको प्रतियोगितामा पारामाउन्ट एकेडेमीले दोहोरो जित निकालेका छ।
पहिलो खेलमा स्प्रिङडेल बोर्डिङ स्कुललाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको पारामाउन्टले दोस्रो खेलमा थ्री स्टार एकेडेमीलाई ३–० को सोझो सेटमा पाखा लगायो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा पारामाउन्टले पहिलो र दोस्रो सेट क्रमशः २५–१७ र २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५–२७ ले गुमाएपनि चौथो सेटमा २५–८ को सहज जित निकाल्न सफल भयो । आफ्नो दोस्रो खेलमा भने पारामाउन्टले थ्री स्टारमाथि २५–८, २५–१९ र २५–२० को सहज जित निकाल्यो ।
प्रतियागिता अन्तर्गत बिहिबारै भएको अन्य खेलहरुमा सशस्त्र प्रहरीको एपीएफ क्लब र शिवम न्यु डायमण्ड एकेडेमी र त्रिभुवन आर्मी क्लबले पनि विजयी शुरुवात गरेका छन् ।
साविकको उपविजेता एपीएफले स्प्रिङडेल बोर्डिङ स्कुलमाथि २५–३, २५–४ र २५–५ को सहज जित निकाल्यो । अर्काे खेलमा शिवम् न्यु डायमण्डले न्यु डायमण्ड स्पोर्टस् क्लबमाथि २५–०, २५–१ र २५–५ को सहज जित निकाल्दै विजयी शुरुवात ग¥यो । विभागीय त्रिभुवन आर्मी क्लबले पनि न्यु डायमण्ड स्पोर्टस् क्लबमाथि २५–१४, २५–५ र २५–९ को सहज जित निकाल्यो ।
प्रतियोगिता माघ १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन पूर्व सांसद ज्ञान कुमारी छन्त्यालले गरे । उद्घाटनपछि बोल्दै पूर्व सांसद छन्त्यालले यस प्रतियोगितालाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललाई प्रतियोगिता आयोजनाबाट हिम्मत नहार्न र प्रतियोगिता निरन्तर गर्दै जान आग्रह समेत गरिन् ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माले महिला भलिबलको विकासमा ढोरपाटनको पनि महत्वपूर्ण योगदान रहेको बताए । क्लबका अध्यक्ष मनवीर छन्त्यालले सबैको सहयोगले १३ औं संस्करण सम्मको प्रतिोगिता आयोजना गर्न सकिएको बताए ।
प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड एकेडेमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पूर्वाञ्चल क्षेत्रिय महिला भलिबल टोली, पारामाउन्ट हाइस्कुल, स्प्रिङडेल इङ्लिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्रीस्टार एकेडमी गरी १२ टोलीको सहभागिता रहने छ । प्रतियोगितालाई इनर्जी ड्रिङ्स रेडबुलले ३ वर्षको लागि मुख्य प्रायोजन गरेको छ । सह–प्रायोजक आइएमी अटोमोटिभ्सले पनि तीन वर्षको लागि सह–प्रायोजन गरेको छ ।
प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।
प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एकजनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि पाउनेछन् ।
प्रतियोगिता अन्र्तगत शुक्रबार ६ खेल हुनेछ । दिनको पहिलो खेलमा एपीएफले न्यु डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शिवम् न्यु डायमण्डले थ्री स्टार एकेडेमी, त्रिभुवन आर्मी क्लबले पारामाउन्ट हाई स्कुल, स्प्रिङडेलले थ्री स्टार एकेडेमी, एपीएफले नेपाल पुलिस क्लब र आर्मीले स्प्रिङडेलसँग खेल्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]