default_image

8 years ago

January 19, 2018

‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ – एपीएफ र आर्मीको दोहोरो जित

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको दोस्रो दिन विभागीय नेपाल एपीएप क्लब र त्रिभुवन आर्मी क्लबले दोहोरो जित निकालेका छन् ।

Volley

नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले न्यु डायमण्ड स्पोर्टस् क्लब र अर्काे विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती पन्छायो । न्यु डायमण्ड स्पोर्ट्स क्लबमाथि २५–१, २५–२ र २५–६ को सहज जित निकाल्दा नेपाल पुलिस क्लबलाई २५–१२, २५–१७ र २५–१३ ले पन्छायो ।
शुक्रबारै भएको खेला विभागीय त्रिभुवन आर्मी क्लबले पारामाउन्ट र स्प्रिङडेललाई पराजित गर्दै दोहोरो जित दर्ता गर्न सफल भयो । पारामाउन्ट हाईं स्कुललाई २५–१३, २५–१२ र २५–८ ले पराजित गरेको आर्मीले स्प्रिङडेललाई २५–९, २५–१५ र २५–५ ले पराजित गर्न सफल भयो ।

शुरुवाती तीनै खेलमा जित हात पारेको एपीएफ र आर्मी पहिलो र दोस्रो स्थानमा रहेका छन् । समान ९ अंक भएपनि आर्मी नतिजाको आधारमा दोस्रो स्थानमा छ ।
प्रतियोगिताकै अन्य खेलमा शिवम न्यु डायमण्ड एकेडेमीले थ्री स्टार एकेडेमीमाथि २५–८, २५–० र २५–१ को सहज जित निकाल्यो । डायमण्डको यो लगातार दोस्रो जित हो । डायमण्डले यसअघि न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई पराजित गरेको थियो ।

शुक्रबारका अन्य खेलमा स्प्रिङडेलले थ्री स्टारमाथि ३–१ को रोमाञ्चक जित दर्ता गर्न सफल भयो । पहिलो र दोस्रो सेट २५–१४ र २५–१० को सहज जित निकालेको स्प्रिङडेलले तेस्रो सेट भने २६–२८ ले थ्री स्टारलाई सुम्पेको थियो । तर, चौथो सेट २५–१४ ले जित्दै खेल आफ्नो पक्षमा पार्यो ।

प्रतियोगिता अन्र्तगत शनिबार ६ खेल हुनेछ । दिनको पहिलो खेलमा न्यु डायमण्ड स्पोर्टस् क्लबले स्प्रिङडेलसँग प्रतिस्पर्धा गर्नेछ । पारामाउन्ट हाईं स्कुलले मेघौली स्पोर्ट्स फाउन्डेसन, न्यु डायमण्ड स्पोर्टस् क्लबले थ्री स्टार एकेडेमी, नेपाल पुलिस क्लबले मेघौली स्पोर्ट्स फाउन्डेसन, शिवम् न्यु डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले थ्री स्टार एकेडेमीसँग खेल्नेछ । प्रतियोगिता माघ १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड एकेडेमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पूर्वाञ्चल क्षेत्रिय महिला भलिबल टोली, पारामाउन्ट हाइस्कुल, स्प्रिङडेल इङ्लिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्रीस्टार एकेडमी गरी १२ टोलीको सहभागिता छ ।

प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एकजनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि पाउनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.