8 years ago
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको तेस्रो दिन शिवम् न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब विजयी भएका छन् ।
नयाँ बसपार्कस्थित आयोजक ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा शनिबार भएको खेलमा शिवम् न्यु डायमण्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा न्यु डायमण्डले आर्मीमाथि २६–२४ को कठिन जित निकालेको थियो । त्यसपछि आफ्नो लय समातेको डायमण्डले २५–१४ र २५–१६ को जित निकाल्न सफल भयो । यससँगै डायमण्ड लिगमा अपराजित रहन सफल भयो । डायमण्डले तीन खेलबाट ९ अंक जोडेको छ ।
लिगको शीर्ष स्थानमा रहेको नेपाल एपीएफ क्लबले शनिबार थ्री स्टार एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा अपराजित रहन सफल भयो । एपीएफले थ्री स्टारमाथि २५–३, २५–२ र २५–१ को सहज जित निकाल्यो । जितसँगै एपीएफ चार खेलबाट अपराजित रहँदै १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ९ अंक जोडेको न्यु डायमण्ड दोस्रो तथा समान ९ अंक नै रहेको तर, एक खेल बढी खेलेको आर्मी तेस्रो स्थानमा छ । न्यु डायमण्ड स्पोर्टस् र पारामाउन्ट स्कुल समान ६ अंकसहित चौथो र पाँचौ स्थानमा रहेका छन् । लिगमा टप्स उच्च मावि पोखरा, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल संघ र श्रीगाँउ स्पोर्टस् क्लब दाङले खेल्न बाँकी छ ।
नेपाल पुलिस क्लबले लिगमा पहलो जित निकालेको छ । पहिलो खेलमा नेपाल एपीएफ क्लबसँग पराजित भएको पुलिसले मेघौली स्पोर्टस् क्लब चितवनलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गर्न सफल भएको हो । पुलिसले मेघौलीमाथि २५–१०, २५–७ र २५–१३ को सहज जित निकाल्यो । पुलिससँग पराजित हुनुअघि मेघौलीले पारामाउन्ट स्कुमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट मेघौलीले १९–२५ ले जित्दै सहज शुरुवात गरेको थियो । तर, त्यसपछिको दुई सेट २५–२० र २५–१९ ले गुमाएको मेघौलीले उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई सेट २५–२० र २५–५ ले आफ्नो पक्षमा पारेको थियो ।
शनिबार न्यु डायमण्ड स्पोर्टस् क्लबले दोहोरो जित निकाल्न सफल भयो । पहिलो खेलमा स्प्रिङडेलको चुनौती १८–२५, २५–१५, २५–१७ र २९–२७ ले पन्छाएको न्यु डायमण्ड स्पोर्टस् क्लबले थ्री स्टार एकेडेमीलाई २५–१८, २५–१४ र २५–२० ले पराजित गर्यो ।
प्रतियोगिता अन्तर्गत आइतबार ६ खेल हुनेछन् । दिनको पहिलो खेलमा श्रीगाँउ स्पोर्टस् क्लबले थ्री स्टार एकेडेमी, नेपाल पुलस क्लबले पारामाउन्ट स्कुल, नेपाल एपीएफ क्लबले मेघौली स्पेर्टस् क्लब, पुलिसले स्प्रिङडेल स्कुल र शिवम् न्यु डायमण्डले श्री गाँउ स्पोर्टस् क्लब दाङसँग प्रतिस्पर्धा गर्ने छन् भने दिनको अन्तिम खेलमा टप्स उच्च मावि पोखराले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । प्रतियोगिता माघ १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड एकेडेमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पूर्वाञ्चल क्षेत्रिय महिला भलिबल टोली, पारामाउन्ट हाइस्कुल, स्प्रिङडेल इङ्लिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्रीस्टार एकेडमी गरी १२ टोलीको सहभागिता छ ।
प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एकजनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि पाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपविजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाचौँले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]