default_image

8 years ago

January 21, 2018

भलिबलमा प्रादेशिक प्रयास, विभागले खेल्न नपाउने

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मुलुक संघीय ढाँचामा जान लागेको अवस्थामा खेलकुदले पनि संघीय ढाचाको प्रयास शुरुवात गर्ने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलले यसै वर्षबाट संघीय ढाँचाको महिला तथा पुरुष भलिबलको थालनी गर्ने प्रयास गरेको छ ।

volleyball FNCCI

तस्बिर : दिपेन्द्र पोखरेल / हाम्रो खेलकुद

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले ग्रास रुट देखि नै नेपालको राष्ट्रिय खेल भलिबलको विकासको लागि पहिलो पटक प्रादेशिक ढाचामा प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ‘देश संघीय ढाचामा जान लागेको अवस्थामा हामीले पनि भलिबल खेललाई संघीय ढाँचामा खेलाउने प्रयास गरेका छौं । यस प्रतियोगिताको मुख्य उद्देश्य ग्रासरुटबाट नै नेपाली भलिबलको विकास गर्ने हो ।’ महासचिव चन्दले भने, ‘जिल्ला स्तरमा खेलाडी छनोट गरेर केन्द्रीय स्तरमा प्रतियोगिता गराउने छौं । नुज प्रतियोगता नेपाल उद्योग वाणिज्य महासंघको दिवस पारेर आयोजना गरिने छ ।’

जसअनुसार माघ २५ गतेबाट फागुन ९ गतेसम्म जिल्ला स्तरीय छनोट हुनेछ । यसमा जिल्लाका गाँउपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका स्तरीय खेल हुनेछ । बढी जिल्ला भएको प्रदेशमा नकआउटका आधारमा छनोट हुनेछ भने कम जिल्ला भएको प्रदेशमा लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा हुने नेपाल भलिबल संघले जनाएको छ । जिल्ला छनोट सकिएपछि फागुन १० गतेबाट चैत १० गतेसम्म प्रदेशस्तरीय छनोट हुनेछ । प्रदेशको टिम तयार भएपछि केन्द्रमा चैत २० गतेबाट २८ गतेसम्म एफएनसिसिआई कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने संघले जनाएको छ ।

प्रतियोगिताको महिला/पुरुष दुवैतर्फको विजेताले समान २ लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैया प्राप्त गर्नेछ ।

विभागले खेल्न नपाउने

एफएनसिसिआई कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा यसपटक विभागीय टोलीले प्रतिस्पर्धा गर्न नपाउने नेपाल भलिबल संघले जनाएको छ । ‘विभाग हरेक खेलमा सधै राम्रो टोली हो । विभागविना कुनैपनि खेल हुन सक्दैन । तर, हाम्रो उद्देश्य ग्रासरुटबाटै भलिबल खेलाडी उत्पादन गर्ने हो ।’ संघका महासचिव चन्दले भने, ‘हरेक प्रतियोगितामा विभागले नै वर्चस्व जमाउदै आएको छ । विभागीय टोलीहले सहभागिता जनाउने प्रतियोगितामा अन्य टोली सहभागी नभएका उदाहारणहरु पनि छन् ।

मोफसलको खेलाडीको स्तर वृद्धिको लागि यो प्रतियोगिता हुनेछ । विभागका खेलाडीले पनि यस प्रतियोगितामा सभागिता जनाउन नपाउने संघले जनाएको छ ।

भलिबल संघ र उद्योग वाणिज्य महासंघबीच तीनवर्षे सम्झौता

एफएनसिसिआई कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितालाई नेपाल उद्योग वाणिज्य महासंघले तीन वर्षको लागि मुख्य प्रायोजन गरेको छ । प्रायोजन रकम नखुलाएपनि प्रतियोगिताको वार्षिक बजेट १ करोड २० लाख रहेको जनाइएको छ ।

सम्झौता पत्रमा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता पछि महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले तीन वर्षे कार्यकाल रहेकाले तीन वर्षसम्म समझौता गरिएको र त्यसपछि पनि सम्झौता थप्दै जाने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंका अध्यक्ष भवानी राणाले नयाँ कार्यको थालनी संघले लिएको बताईन् । ‘भलिबललाई राष्ट्रले नै एडप्ट गरेको छ । हामीले किन नगर्ने भनेर भलिबल नै रोजेका हौं । अध्यक्ष राणाले भनिन्, ‘सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ।’

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.