8 years ago
January 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीकी तथा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी महत्वपूर्ण सदस्य प्रतिभा माली र त्रिभुवन आर्मी क्लबका तथा राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले एनभिए सिटी ट्राभल्स एण्ड टुर्स अवार्ड जितेका छन् ।
नेपाल भलिबल संघ (एनभिए) ले आयोजना गरेको एनभिए सिटी ट्राभल्स एण्ड टुर्स अवार्डमा प्रतिभा महिलातर्फ र मानबहादुर पुरुषतर्फ उत्कृष्ट हुँदै अवार्ड जित्न सफल भएको हो । अवार्ड जित्न सफल खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, संघका अध्यक्ष मनोरन्जनरमण शर्मा र सिटी ट्राभल्स एण्ड टुर्सका निर्देशक शिर बहादुर तामाङले अवार्ड वितरण गरे । उनीहरुले समान २५/२५ हजार रुपैया प्राप्त गरे ।
पुलिसका विशाल विके र महिलातर्फ पुलिसकै कामना विष्ट उदियमान खेलाडी घोषित भए । उनीहरुले समान १५/१५ हजार प्राप्त गरे । एपीएफका ज्ञानेन्द्र विष्ट महिलातर्फको र जगदिश प्रसाद भट्ट पुरुषतर्फको उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान २५/२५ हजार रुपैया प्राप्त गरे । महिलातर्फ नेपाल एपिएफ क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लब वर्षभरको उत्कृष्ट टिम घोषित भए । उनीहरुले समान ५०/५० हजार रुपैया प्राप्त गरे । सोही अवसरमा भलिबल संघसँग आबद्ध विभिन्न ४० क्लब र संघहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]