default_image

8 years ago

January 22, 2018

न्यु डायमण्ड र एपीएफ अपराजित

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा लिगको शीर्ष स्थानमा रहेका नेपाल एपीएफ क्लब र शिवम् न्यु डायमण्ड एकेडेमीले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् ।

प्रतियोगिता अन्तर्गत सोमबार नयाँ बसपार्कथित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा एपीएफले पारामाउन्ट स्कुल र शिवम् न्यु डायमण्डले मेघौली स्पोर्टस् क्लब चितवनलाई सोझो सेटमा पराजित गर्दै लिगमा अपराजित यात्रा कायमै राखेका हुन् । एपीएफले पारामाउन्टमाथि २५–६, २५–४ र २५–४ को सहज जित निकाल्यो । अर्काे खेलमा न्यु डायमण्डले मेघौलीमाथि २५–२, २५–१२ र २५–११ को सहज जित निकाल्न सफल भयो ।

लिगमा अपराजित रहेको एपीएफ ६ खेलबाट १८ अंक जोड्दै लिगको शीर्ष स्थानमा यथावत रहेको छ । एक खेल कम खेलेको शिवम् न्यु डायमण्ड १५ अंकसहित दोस्रो स्थानमा रहेको छ । दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब समान १२ अंकसहित तेस्रो र चौथो स्थानमा छ । पुलिसले एक खेल कम खेलेको छ ।

लिग अन्तर्गत सोमबारै भएको अर्काे खेलमा पोखराको टप्स माविले श्रीगाँउ स्पोर्टस् क्लब दाङमाथि २५–१४, २५–१८ र २५–२२ को सहज निकाल्यो । अर्काे खेलमा नेपाल पुलिस क्लबले न्यु डायमड स्पोर्टस् क्लबलाई २५–७, २५–५ र २५–१० को सेटमा पराजित गर्‍यो । थ्री स्टार एकेडेमीमाथि २५–११, २५–१७ र २५–१८ को सहज जित निकालेको पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल टिमले आर्मीसँग २५–५, २५–५ र २५–७ को हार बेहोर्‍यो ।

प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल हुनेछ । दिनको पहिलो खेलमा श्रीगाँउ स्पोर्टस् क्लब दाङ र पारामाउन्ट स्कुलबीच खेल हुनेछ । दोस्रो खेलमा टप्सले मेघाौली स्पोर्टस् क्लब चितवनसँग खेल्नेछ । पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल टोलीले न्यु डायमण्ड स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्दा शिवम् न्यु डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लबबीच खेल हुने आयोजकले जनाएको छ । मंगलबार नै राष्ट्रिय कलाकार र नेपाल भलिबल संघका पदाधिकारीबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिता माघ १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ ।

प्रतियोगिताको चार विधामा उत्कुष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन् । बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन् । प्रतियोगिताका बेष्ट स्पाईकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, उत्कुष्ट क्वीकर र उत्कुष्ट कोचलले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शक मध्ये लक्की ‘ड्र’ बाट एक जनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् । प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमण्ड मोबाइल पनि पाउनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपविजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन् । यस्तै चौथौ हुनेले ५० हजार, पाँचौंले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.