8 years ago
January 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोली हङकङ पुगेको छ। तीन मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय पुरुष भलिबल टोली आज बिहान हङकङतर्फ प्रस्थान गरेको थियो।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माको नेतृत्वमा बिहान त्यसतर्फ प्रस्थान गरेको नेपाली टोली २१ सदस्यको रहेको छ । ओपन स्पाईकरमा मानवहादुर श्रेष्ठ, कुलवहादुर थापा, धनवहादुर भट्ट र दिलवहादुर सुनार रहेका छन् । हरिवहादुर अधिकारी, महेन्द्र श्रेष्ठ र भैरब बमले क्वीक स्पाईकरको भूमिका निर्वाह गर्नेछन् । टोलीमा अलराउण्डरको भूमिकामा राजकुमार निरौला र नरेन्द्र गिरी रहेका छन् । लिब्रो (डिफेन्स) को भूमिकामा इश्वर थापा रहँदा सहायक सेटरको जिम्मेवारी दुर्गाप्रसाद महत्तोले निभाउनेछन् ।
नेपाली टोलीमा बिरेन्द्र चौधरी मुख्य प्रशिक्षकको भूमिकामा रहँदा सहायक प्रशिक्षकमा जगदिश भट्ट रहेकाछन् । टिम ब्यवस्थापको रुपमा नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ रहेका छन् । टोलीसँगै रेफ्रीको भूमिकामा एशियन रेफ्रि क्यानिडेड पुर्णप्रसाद चौलागाई पनि साथमा रहेका छन् । नेपाली टिममा दुई खेल पत्रकार पनि त्यसतर्फ गएका छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]