8 years ago
January 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यु डायमण्ड एकेडेमीले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेका छन् ।
प्रतियोगिताको नवौं दिन सकिँदा शीर्ष स्थानमा रहेको शिवम् न्यु डायमण्डले पोखराको टप्स उच्च माविलाई ३–१ को जित निकाल्दै प्रतियोगितामा अपराजित रहन सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा डायमण्डले पहिलो सेटमा पछि परेको स्थिति उल्ट्याउदै टप्समाथि जित निकालेको हो । डायमण्डले पहिलो सेट २०–२५ ले गुमाएको थियो । त्यसपछि उत्कृष्ट प्रदर्शन गरेको डायमण्डले टप्समाथि २५–१९, २५–१८ र २५–९ को सहज जित निकाल्यो ।
शुक्रबारै भएको अर्काे खेलमा नेपाल एपीएफ क्लबले पूर्वाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थानको डायमण्डलाई पछ्याइरहेको छ । एपीएफले पूर्वाञ्चलमाथि २५–७, २५–११ र २५–११ को सोझो सेटमा हरायो । शुक्रबार विभागीय नेपाल पुलिस क्लबले दोहोरो जित निकाल्न सफल भयो । पहिलो खेलमा पूर्वाञ्चललाई २५–१०, २५–१२ र २५–३ को सहज जित निकाल्दा अर्काे खेलमा थ्री स्टार एकेडेमीमाथि २५–५, २५–७ र २५–४ को सहज जित निकाल्यो । मेघौली स्पोर्टस् क्लब दाङले स्प्रिङडेललाई २५–२१, २५–१९ र २५–१८ ले पराजित गर्दा त्रिभुवन आर्मीले श्रीगाँउ दाङलाई २५–१२, २५–१७ र २५–२३ ले पराजित गर्यो ।
डायमण्ड ९ खेलबाट अपराजित रहँदै २७ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको एपीएफ अपराजित रहँदै २४ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब ९ खेलबाट २१ अंकसहित तेस्रो तथा आर्मी ८ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ । टप्स उच्च मावि ७ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा झरेको छ । श्रीगाँउ दाङ र पूर्वाञ्चल समान ९ अंकसहित लिगको छैटौं र सातौं स्थानमा रहेका छन् । १२ टोलीले सहभागिता जनाएको प्रतियोगिताको शीर्ष सात टोली दोस्रो चरणको लागि छनोट हुनेछ । माघ १९ गतेसम्म चल्ने प्रतियोगिताको दोस्रो लिग माघ १६ गतेबाट हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार पनि ६ खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा श्रीगाँउ दाङले मेघौली स्पोर्टस् क्लब, नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब, शिवम् न्यु डायमण्डले पूर्वाञ्चल, नेपाल एपीएफ क्लबले टप्स उच्च मावि, पुलिसले श्रीगाँउ र मेघौलीले थ्री स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]