default_image

8 years ago

January 27, 2018

पुलिसको दोहोरो जित

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा दोहोरो जितसहित पहिलो लेगको अन्त्य गरेको छ ।

शनिबार विभागीय नेपाल पुलिस क्लबले दोहोरो जित निकाल्न सफल भयो । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई २५–१३, २५–२३ र २५–२० को प्रतिस्पर्धात्मक जित निकाल्दा अर्काे खेलमा श्रीगाँउ दाङमाथि २५–७, २५–११ र २५–११ को सहज जित निकाल्दै पहिलो लिग अन्त्य गरेको हो । आर्मीविरुद्धको तीनै सेटमा पछि परेको स्थिति उल्ट्याउदै पुलिसले रोमाञ्चक जित निकालेको हो । दोस्रो चरणको लागि छनोट भएको पुलिसको ११ खेलबाट २७ अंक पुगेको छ ।

यता टप्स उच्च मावि पोखराले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्‍यो । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा टप्स विभागीय नेपाल एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित हुँदै प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको हो ।

विभागीय पुलिससँगको खेलबाट हार बेहोरेको टप्सले शुक्रबार शिवम् न्यु डायमण्डसँग पनि पराजय बेहोरेको थियो । एकपक्षीय बनेको खेलमा टप्स एपीएफसँग २५–१८, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित भयो । जितपछि एपीएफले शीर्ष स्थानको न्यु डायमण्डलाई पछ्याइरहेको छ । एपीएफ ९ खेलबाट २७ अंकसहित लिगको दोस्रो स्थानमा यथावत रहेको छ । एपीएफले अब पहिलो लिगमा दुई खेल खेल्न बाँकी छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको अर्काे खेलमा शीर्ष स्थानमा रहेको शिवम् डायमण्ड एकेडेमीले पूर्वाञ्चल क्षेत्रीय भलिबल टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै आफ्नो शीर्षता यथावतै राखेको छ । डायमण्डले पूर्वाञ्चलमाथि २५–५, २५–५ र २५–३ को सहज जित निकाल्यो । जितसँगै डायमण्ड १० खेलबाट ३० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । शीर्ष स्थानको डायमण्डले पहिलो लिगमा लिगमा अपराजित रहन सफल नेपाल एपीएफसँग खेल्न बाँकी छ । उक्त खेल सोमबार हुनेछ ।

श्रीगाँउ दाङले पुलिससँग पराजित हुनुअघि मेघौली स्पोर्टस् क्लब चितवनलाई २५–२२, २५–१५ र २५–१४ को जित निकालेको थियो । अर्को खेलमा मेघौली स्पोर्टस् क्लब चितवनले थ्री स्टार एकेडेमीमाथि २५–६, २५–८ र २५–१ को सहज जित निकाल्यो । पहिलो लिगमा अब १२ खेल हुन बाँकी छ ।

डायमण्ड १० खेलबाट ३० अंक जोडेर लिगको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको एपीएफ अपराजित रहँदै २७ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब ११ खेलबाट २७ अंकसहित तेस्रो तथा आर्मी ९ खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ । टप्स उच्च मावि ८ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा यथावत छ ।

श्रीगाँउ दाङ १२ अंक जोडेर छैटो तथा मेघौली स्पोर्टस् क्लब ९ खेलबाट ११ अंक जोडेर तालिकाको सातौ स्थानमा रहेको छ । १२ टोलीले सहभागिता जनाएको प्रतियोगिताको शीर्ष सात टोली दोस्रो चरणको लागि छनोट हुनेछ । माघ १९ गतेसम्म चल्ने प्रतियोगिताको दोस्रो लिग माघ १६ गतेबाट हुने आयोजकले जनाएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.