8 years ago
January 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)–नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको छ। हङ्कङको चुनमुन बाटर्फ्लाईबिचको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरुको टोली हङकङ नेपलिज टिमलाई २५-२३, २५-२०, २०-२५, २५-१७को सेटमा पराजित गरेको हो ।
नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको छ। हङ्कङको चुनमुन बटरफ़्लाई पार्कको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरुको टोली हङकङ नेपलिज टिमलाई २५-२३, २५-२०, २०-२५, २५-१७को सेटमा पराजित गरेको हो ।
नेपालका प्रशिक्षक जगदिश् भट्टले पहिलो रोजाइको टोलीलाई आरम दिएकाले तेस्रो सेट गुमाउनु परेको बताए । ‘भोली हङकङबिरुद्द खेल्नु पर्ने भएकाले ४० प्रतिशत मात्र इफोर्ट लगाएर खेलेका थियौ । उनिहरूले पनि राम्रो खेले । कमजोरी सुधार गरी भोली हङकङबिरुद्द राम्रो गर्ने छौं ।’
पुर्व राष्ट्रिय खेलाडी सञ्जय अर्यालको कप्तानीमा रहेको हङकङ नेपलिज टिममा उत्तम थापा, सुनिल श्रेष्ठ, राजु रोका, जसबहादुर गुरुङ, नैना गुरुङ, गंगा गुरुङ, युबराज गुरुङ, मिलन शाही, धनु श्रेष्ठ, कुशल कार्की र रविन खड्का थिए । नेपाली भलिबल टोलीले आइतबार र सोमबार हङकङको भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । लगत्तै मकाउसँग बूधबार मैत्रिपूर्ण खेल खेल्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]