default_image

8 years ago

January 28, 2018

श्रीगाँउ दाङ ढोरपाटन भलिबलको दोस्रो चरणमा

278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीगाँउ खेलकुद विकास समिति दाङले राजधानीमा जारी १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगितामा दोस्रो चरणमा स्थान बनाएको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा दोहोरो जित निकाल्दै श्रीगाँउले दोस्रो चरणको लागि स्थान बनाउन सफल भएका हो । श्रीगाँउ दाङले आइतबारको पहिलो खेलमा भक्तपुरको स्प्रिङडेल बोर्डिङ स्कुलमाथि २५–८, २५–७ र २५–१४ को सोझो सेटमा जित निकाल्यो । अर्काे खेलमा पूर्वाञ्चल क्षेत्रीय भलिबल टोलीलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्न सफल भयो । पहिलो सेट १७–२५ ले गुमाएको श्रीगाँउले त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट श्रीगाँउले २५–२१ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो र चौथो सेटमा २८–२६ र २६–२४ को प्रतिस्पर्धात्मक जित निकाल्यो । जितसँगै श्रीगाँउले ११ खेलबाट १८ अंक जोडेर छैटौं स्थानमा रहन सफल भयो ।

डबल लिग भलिबल प्रतियोगितामा अब एक टोलीको टुङ्गो लाग्न बाँकी छ । मेघौली स्पोर्ट्स क्लब चितवन र पूर्वाञ्चल क्षेत्रीय भलिबल टोलीमध्ये एक टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । १२ टोली सहभागी प्रतियोगिताका शीर्ष सात टोलीले दोस्रो चरणमा स्थान बनाउने छ । श्रीगाँउ दाङसहित अहिलेसम्म शिवम् न्यु डायमण्ड एकेडेमी, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, टप्स उच्च मावि पोखरा र त्रिभुवन आर्मी क्लबले दोस्रो चरणमा स्थान बनाइसकेका छन् ।

पहिलो चरणमा एक खेल खेल्न बाँकी रहेको शिवम् न्यु डायमण्ड ३० अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । दुई खेल खेल्न बाँकी रहेको एपीएफ २७ अंकसहित दोस्रो र सबै ११ खेल खेलिसकेको पुलिस २७ अंकसहित तेस्रो स्थानमा छ । एक खेल खेल्न बाँकी रहेको आर्मी २१ अंकसहित चौथो तथा दुई खेल खेल्न बाँकी रहेको टप्स १८ अंकसहित पाँचौ स्थानमा छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा आइतबार भएको अन्य खेलहरुमा टप्स उच्च मावि र त्रिभुवन आर्मीले सफलता हात पारे । टप्सले पूर्वाञ्चललाई २५–१३, २५–६ र २५–१३ को सहज जित निकाल्दा आर्मीले मेघौलीलाई २५–१३, २५–१२ र २५–५ को जित निकाल्यो । पारामाउन्टले न्यु डायमण्ड स्पोर्टस् क्लबमाथि १८–२५, २५–२१, २५–१९ र २५–२० को जित निकाल्यो भने मेघौलीले न्यु डायमण्ड स्पोर्टस् क्लबलाई नै २५–१४, २५–७ र २५–११ ले पराजित गर्‍यो ।

प्रतियोगिता अन्तर्गत सोमबार पाँच खेल हुने आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । पारामाउन्ट र पूर्वाञ्चल, टप्स र स्प्रिङडेल, पूर्वाञ्चल र स्प्रिङडेल, टप्स र थ्री स्टार बीच प्रतिस्पर्धा हुनेछ । सोमबारको अन्तिमा खेलमा लिगमा अहिलेसम्म अपराजित रहन सफल शिवम् न्यु डायमण्ड एकेडेमी र नेपाल एपीएफ क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.