default_image

8 years ago

January 29, 2018

हङकङसँग नेपाल आज दोस्रो खेल खेल्दै

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाली भलिबल टोलीले हङकङमा आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । ३४ बर्षपछि भलिबलमा हङकङसँग प्रतिस्पर्धा गरेको नेपालले हिजोको पहिलो खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७–१५ को सेटमा हराएको नेपाली टोलीले आजको खेलमा सुधारिएको खेल खेल्ने अपेक्षा गरिएको छ । आइतबारको जितमा पछिल्लो सेटहरुमा नेपाली टोली बलियो देखिएको थियो ।

हिजो खेलपछि नेपालका मुख्य प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरीले सुरुमा खेलाडी केहि अलमलिए जस्तो देखेपनि पछि लयमा फर्केको बताएका थिए ।‘ घरेलु टोली पनि राम्रो हो । हामीले विश्वास गरेका केही खेलाडीले सोचे जस्तो खेल्न साकेनन्, उनले भने, खासमा मानबहादुरले सोचे जस्तो खेल्न सकेनन्, उनले राम्रो खेलेको भए हामी सिधा ३ सेटमा जित्न सक्थेऊ ।’

नेपालका कप्तान इम रानामगर हङकङको खेल बुझ्न समय लागेकाले नेपाली टोलीको तालमेल नमिलेको बताएका थिए । त्यसैले पनि आजको दोस्रो खेलमा नेपाली टोलीले अझ राम्रो खेल्ने अपेक्षा गर्न सकिन्छ ।

नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको थियो । हङकङपछि नेपाली टोलीले मकाउसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.