8 years ago
February 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब १३ औं संस्करणको ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल’ प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रवार दोहोरो जित निकाल्दै एपीएफ उपाधि नजिक पुगेको हो । दोहोरो जितसँगै एपीएफले लिगमा अपराजित रहँदै १६ खेलबाट ४७ अंक बनाएर लिगको शीर्षस्थानमा उक्लिएको छ । उसले शिवम् न्यु डायमण्ड एकेडेमीलाई एक अंकले पछि पारेको हो ।
अब शनिबार हुने लिगको अन्तिम खेलले नै विजेताको टुङ्गो लगाउनेछ । पहिलो लेगमा एपीएफले न्यु डायमण्डलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पछि पारेको थियो । त्यसैले न्यु डायमण्डले उपाधि जित्न एपीएफलाई सोझो सेटमा पराजित गर्नै पर्ने हुन्छ । एपीएफले शुक्रबार श्रीगाँउ खेलकुद विकास समिति दाङलाई २५–१२, २५–१० र २५–८ को सोझो सेटमा तथा टप्स उच्च माव पोखरालाई २५–१२, २५–११ र २५–१७ को सोझो सेटमा पाखा लगायो ।
अर्काे खेलमा आर्मीले मेघौलीलाई २५–१८, २५–२१ र २५–२१ को सेझो सेटमा तथा पुलिसले श्रीगाँउमाथि २५–६, २५–१२ र २५–१७ को सहज जित निकाल्यो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]