8 years ago
February 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबले पहिलो संस्करणको ‘शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल’ प्रतियोगिता नखेल्ने भएको छ ।
पहिलो संस्करणको ‘शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल’ प्रतियोगिता आइतबारबाट नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुरु हुनेछ । प्रतियोगितामा ढोरपाटन महिला डबल लिग भलिबलका शीर्ष ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको थियो ।
नेपाल पुलिस क्लबका प्रशिक्षक रुपेश विष्टले मुख्य खेलाडीहरु घाइते भएका कारण प्रतियोगिताबाट नखेल्ने निर्णय भएको जानकारी गराए । ‘हाम्रा मुख्य खेलाडीहरु घाइते भएका छन् । निरन्तर प्रतियोगिता खेलिरहँदा खेलाडीहरु पनि थकित अवस्थामा छन् ।’ प्रशिक्षक विष्टले भने, ‘घाइते र खेलाडीहरु थकित भएकै कारण प्रतियोगिता नखेल्ने निर्णय भएको हो ।’
यस्तै प्रशिक्षक विष्टले ढोरपाटन महिला डबल भलिबल लिगको आर्मीविरुद्धको स्थगित भएको अन्तिम खेल भने खेल्ने बताए । शुक्रबार लाइट प्रोटेष्टको कारण खेल रोकएको थियो । उक्त खेलमा पुलिसले आर्मीविरुद्ध २–१ को अग्रता बनाएको थियो । चौथो सेटमा पनि १६–६ को अवस्थामा लाइट प्रोटेष्टको कारण खेल रोकिन पुगेको थियो ।
‘हामीलाई सोमबारको समय दिएको छ । हामी आर्मीविरुद्धको खेल खेल्नेछौं ।’ प्रशिक्षक विष्टले भने, ‘हामी शुक्रबार जित नजिक थियौँ । टप्ससँग शनिबार अर्काे महत्वपूर्ण खेल रहेकाले हामीले एक दिनमा दुई खेल खेलेनौं । हामी खेल्नका लागि सोमबार मैदान उत्रनेछौं ।
यता, न्यु डायमण्ड कपका प्रतियोगिता संयोजक कुमार राईले यसअघि नै खेल्ने तालिका बनाइसकेका कारण तालिकामा कुनै परिवर्तन नहुने बताए । ‘हामीले प्रतियोगिताको लागि यसअघि नै टिम पक्का गरेर खेल तालिका बनाएका छौं । तालिका बनाइसकेपछि टिमले अन्तिम समयमा धोका दिन मिल्दैन ।’ संयोजक राईले भने, ‘यदि कुनै टोलीले प्रतियोगिता खेलेन भने कारवाही स्वरुप अर्काे संस्करणको प्रतियोगितामा सहभागिताबाट वञ्चित गराउने छौं । त्यसपछि अर्काे संस्करणको लागि सोच्नेछौं ।’
२३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी उपविजेताले प्राप्त गर्ने १ लाख १ हजार प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्नेले ५१ हजार प्राप्त गर्नेछन् । चौथो स्थान हासिल गर्नेले टिमले प्राप्त गर्ने रकम २१ हजार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले प्राप्त गर्ने १० हजार पाउनेछ । बिधागततर्फ उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, क्विकर, सर्भर र उत्कृष्ट डिफेन्डरले जनही ५ हजार प्राप्त गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]