default_image

8 years ago

February 3, 2018

ढोरपाटन भलिबलमा एपीएफ च्याम्पियन

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा बिहिबार भएको लिग चरणको अन्तिम खेलमा शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । अपराजित रहेको एपीएफले १७ खेलबाट ५० अंक जोड्दै दोस्रो स्थानको डायमण्डलाई ४ अंकले पछि पार्‍यो ।

न्यु डायमण्डले १७ खेलबाट ४६ अंकमात्र जोड्न सक्यो । डायमण्डले अन्य दिनका खेलभन्दा निकै निराशजनक प्रदर्शन गर्दा पहिलो सेट २५–१६ ले गुमाएको थियो । दोस्रो सेट २५–१७ ले गुमाउँदा तेस्रो सेट २५–१२ ले एपीएफलाई सुम्पिएको थियो ।

उपाधिसँगै एपीएफले ३ लाख २५ हजार रुपैया प्राप्त गर्‍यो । उपविजेतामा सीमित डायमण्डले १ लाख ७० हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, ढोरपाटनका अध्यक्ष मनवीर छन्त्याल, आइएमईं अटोमोटिभ्सका मार्केटिङ डाइरेक्टर दिपेश कायस्थले पुरस्कृत गरे ।

व्यक्तिगत विधातर्फ शिवम् न्यु डायमण्डकी सलिना श्रेष्ठ लिब्रु, कृपा अधिकारी उत्कृष्ट लिफ्टर घोषित भए । यस्तै एपीएपफकी रेश्मा भण्डारी उत्कृष्ट ब्लकर, ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । पुलिसकी कोपिला राना क्वीकर र टप्सकी अरुणा शाही उत्कृष्ट सर्भर घोषित भईन् भने एपिएफकी नेबिका चौधरी उत्कृष्ट स्पाइकर घोषित भइन् । उनीहरु सबैले समान ५ हजार पाए ।

उदियमान खेलाडीः शर्मिला नेपाली (श्रीगाँउ खेलकुद विकास समिति दाङ)

प्लेयर अफ दि सिरिजः निरुता ठगुन्ना (त्रिभुवन आर्मी क्लब)

प्लेयर अफ दि इयरः सरस्वती चौधरी (नेपाल एपीएफ क्लब)

उत्कृष्ट खेलाडीः प्रतिभा माली (शिवम् न्यु डायमण्ड एकेडेमी)

उत्कृष्ट दर्शकः राजकुमार घताने (पोखरा)

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.