8 years ago
February 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लब राजधानीमा जारी पहिलो संस्करणको ‘शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबल’ प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनलमा शिवम् न्यू डायमण्डले पोखराको टप्स उच्च माविलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउँदा विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै डायमण्डँगको भेट पक्का गर्यो ।
डायमण्डले टप्सलाई २५–९, २२–२५, २५–१८ र २५–१५ को सेटमा हरायो । डायमण्डकी पनामिका राई ‘वुमन अफ दी म्याच’ चुनिईन् । दोश्रो सेमिफाइनलमा एपीएफले बिभागीय प्रतिद्वन्द्वी आर्मीलाई २५–१५, २५–१७ र २५–६ को सेटमा हरायो । एपीएफकी हीर केसी ‘वुमन अफ दी म्याच’ घोषित भईन् ।
‘वुमन अफ दि म्याच’ हुने खेलाडीहरुलाई स्पोर्टस् पोशाक उत्पादन कम्पनी साहास स्पोर्टसका प्रमुख जनक न्यौपानेले ट्रायक–सुट प्रायोजन गरे । मंगलबार प्रतियोगिताको फाइनल खेल आयोजक टोली र एपीएफ बीच हुनेछ । त्यस्तै टप्स स्कुल र आर्मी बीच तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार, उपबिजेताले १ लाख १ हजार तथा तेस्रो र चौथो हुनेले क्रमसः ५१ र २१ हजार पुरस्कार पाउनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]