8 years ago
February 17, 2018
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्जमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
शनिवार खेलमा विभागीय नेपाल एपीएफ क्लबले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो ।
वुमन अफ दि म्याच सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लबमाथि २५–१२, २५–१४ र २५–९ को सहज जित निकाल्यो । आयोजक लिग चरणको पहिलो खेलमा पनि बंगलादेशको इफाटसँग पराजित भएको थियो । समूह ‘ए’ बाट एक खेलमा सफलता निकालेको बंगलादेशी टिमले सेमिफाइनलमा स्थान बनायो ।
नेपालगन्ज कभर्ड हलमा भएको अन्तिम लिग खेलमा शिवम् न्यु डायमण्डले भारतको देहरादुन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउदै समूह विजेताको रुपमा सेमिफाईनलमा स्थान पक्का गर्यो । कप्तान ललिता नाथको उत्कृष्ट प्रदर्शनमा देहरादुन स्पोर्टस् क्लबलाई २५–८, २५–९ र २५–४ को सेटमा पाखा लगायो ।
पहिलो खेलमा पनि नेपाल पुलिससँग ३–० को हार ब्यहोरेको पाहुना टिम देहरादुन स्पोर्टस् प्रतियोगिताबाट बाहिरिदा पुलिसले उपविजेताको रुपमा सेमिफाईनलमा स्थान बनायो । आइतबार सेमिफाइनलको पहिलो खेलमा एपीएफ र पुलिस तथा शिवम् न्यु डायमण्ड र पहुना टिम इफाटबीच प्रतिस्पर्धा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]