8 years ago
February 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहज जित निकालेका छन् ।
लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कवर्डहलमा मंगलबार भएको खेलमा पुलिसले मध्यमाञ्चल तथा एपीएफले सुदूरमाथि सहज जित निकालेको हो । पहिलो खेलमा पुलिसले मध्यमाञ्चललाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एकपक्षीय बनेको खेलमा पुलिसले मध्यमाञ्चलमाथि २५–८, २५–१५ र २५–१३ को सहज जित निकाल्यो ।
मंगलबारै भएको अर्काे खेलमा विभागीय नेपाल एपीएफ क्लबले सुदूरपश्चिममाथि ३–० कै सहज जित निकाल्यो । पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–२० ले जित्दा तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतियोगिता अन्र्तगत बुधबार चार खेल हुनेछ । पहिलो खेलमा मध्यमाञ्चल र पशिचमाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम, त्रिभुवन आर्मी क्लब र एपीएफ र नेपाल पुलिस क्लब र पूर्वाञ्चलबीच खेल हुनेछ ।
प्रतियोगितामा ३ विभागसहित तत्कालीन ५ प्रदेशसहित ८ टिमको सहभागिता रहने आयोजक सेनाले जनाएको छ । प्रतियोगिता फागुन ६ गतेबाट १२ गतेसम्म लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कवर्डहलमा हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]