default_image

8 years ago

February 25, 2018

आर्मी र एपीएफलाई दोहोरो सफलता

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो एनएसटी–एनभीए महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले दोहोरो सफलता हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कवर्डहलमा आइतबारबाट शुरु भएको च्याम्पियनसिपमा आर्मीको पुरुष र महिला टोलीले तथा एपीएफको पनि पुरुष र महिला टोलीले जित निकालेपछि दोहोरो सफलता हात पारेका हुन् । उद्घाटन खेलमा एपीएफको महिला टिमले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदा पुरुष टिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । एपीएफको महिला टिमले पुलिसलाई २५–१६,२७–२५ र २५–१४ को सेटमा हरायो । एपीएफकै पुरुष टिमले बुढानिलकण्ठ भलिबल क्लबलाई २५–५, २५–१५, २१–२५ र २५–२० को सेटमा हरायो ।

च्याम्पियनसिपको अर्काे खेलमा त्रिभुवन आर्मी क्लबको पुरुष टिमले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१५, २५–१३ र २५–१३ को सोझो सेटमा हराउँदै समूह विजेताको रुपमा क्वाटरफाईनलमा स्थान बनायो । पुरुष टाईसिटको समिकरण अनुसार समूह ‘डी’ मा दुई टिम मात्र भएकाले ढोरपाटन स्पोर्टस् क्लब पराजित भएपनि अन्तिम आठमा स्थान बनाउन सफल भयो । आर्मीको महिला टिमले पनि ढोरपाटनलाई २५–२०, २५–७ र २५–६ को सोझो सेटमा हरायो ।

च्याम्पियनसिप अन्तर्गत सोमबार चार खेल हुनेछन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबर मणिमुकुन्द भलिबल क्लब तथा नेपाल पुलिस क्लब र नयाँबजार स्पोर्टस् क्लबबीच खेल हुनेछ । महिलातर्फ नेपाल पुलिस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र तथा शिवम् न्यु डायमण्ड एकेडेमी र पद्मोदय युथ क्लबबीच खेल हुनेछ ।

लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगितामा महिलातर्फ ७ टिम तथा पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । फागुन १९ सम्म संचालन हुने प्रतियोगिताको महिला टिमलाई दुई समूहमा विभाजन गरिएको छ । पुरुष टिमलाई चार समूहमा विभाजित गरिएको छ ।प्रतियोगिताका विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेश्रो हुने टोलीले ६० हजार नगद प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको दुवै समूहको उत्कृष्ट खेलाडीले नगद १५ हजार र विधागत उत्कृष्टले जनही ५ हजार नगद प्राप्त गर्नेछन् । नेपाल भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले गरे ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.