8 years ago
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नयाँ बजार सामाजिक युवा क्लब काठमाडौं र मणि मुकुन्द क्लब नवलपरासी चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुधवार भएको अन्तिम लिग खेलमा नयाँबजारले काभ्रे जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । प्रतिस्पर्धात्मक खेलमा नयाँबजारले काभ्रेलाई २५–१७, २७–२५ र २६–२४ को सेटमा हराउन सफल भयो । अब नयाँ बजारले सेमिफाइनल प्रवेशको लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
बुधबार भएको अर्काे खेलमा मणि मुकुन्दले पश्चिमाञ्चल भलिबल संघलाई ३–१ को सेटमा हराउदै समूह ‘ए’ बाट उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो । पहिलो सेट २५–१८ ले जितेको मणि मुकुन्दले दोश्रो सेट २१–२५ ले गुमाएपनि तेश्रो र चौथो सेट २५–१८ र २५–१५ आफ्नो पक्षमा पार्दै क्वार्टरफाइनलमा पुग्न सफल भयो । अब मणिमुकुन्दले क्वाटर फाईनलमा एपीएफको सामना गर्नेछ ।
पुरुषतर्फको अन्तिम लिग खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले बुढानिलकण्ठलाई २५–२०, २५–१७, १९–२५ र २५–२३ को सेटमा हराउदै समूह उपविजेताको रुपमा क्वाटर फाईनलमा हेल्पनेपाल स्पोर्टस् क्लबसग भेट पक्का गर्यो । अर्को क्वाटरफाईनलमा पुलिस र ढोरपाटनबीच खेल हुनेछ ।
त्रिपुरेश्वरको कभर्डहलमा संचालन भएका महिलातर्फको खेलमा शिवम् न्यु डायमण्डले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाउन सफल भयो । डायमण्डले आर्मीमाथि २५–१५, २५–११ र २५–२० को सहज जित निकाल्यो ।
अर्को खेलमा पद्मोदय युथ क्लब चितवनले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–१ को सेटमा हराउदै प्रतियोगितामा सान्वना जित निकाल्यो । पद्मोदयले ढोरपाटनलाई १९–२५, २५–१६, २५–९ र २५–२० को सेटमा पराजित गर्यो । च्याम्पियनसिप अन्तर्गत बिहिबार पुरुषतर्फको चारै क्वार्टरफाइनल खेल हुनेछ । महिलातर्फ जावलाखेल र एपीएफबीच लिग चरणको अन्तिम खेल हुनेछ ।
प्रतियोगिताको महिला तथा पुरुष विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख तथा तेस्रो हुनेले ६० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५–५ हजार पाउने छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]