default_image

8 years ago

March 3, 2018

आर्मी र एपीएफलाई उपाधि

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय दुई टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आर्मी पुरुषतर्फ र एपीएफ महिलातर्फ च्याम्पियन बन्न सफल भएको हो ।

APF and Army

महिलातर्फ भएको खेलमा एपीएफले चिरपरिचित प्रतिद्धन्द्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्न सफल भएको हो । एपीएफले २–० को अग्रता उल्ट्याएर डायमण्डलाई पराजित गर्न सफल भएको हो । एपीएफले पहिलो र दोस्रो सेट २५–१६ र २५–१६ ले गुमाएको थियो । त्यसपछिको तीनै सेट एपीएफले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट २५–१४ ले जितेको एपीएफले चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पुर्याएको थियो । निर्णायक सेटमा डायमण्डले २ अंकको अग्रता बनाएर पनि त्यो अग्रतालाई जोगाउन नसक्दा एपीएफले १५–९ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । एपीएफको यो छैटौ उपाधि हो । न्यु डायमण्ड कप मात्रै गुमाएको एपीएफले बाकी चार फाइनलमा न्यु डायमण्डलाई नै पराजत गरेको थियो । एक प्रतियोगिता भने राखेप च्याम्पियनसिपमा उपाध जित्न सफल भएको थियो ।

जितपछि एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले शुरुवाती दुई सेटमा रिसिभ कमजोर हुदा पराजित हुन पुगेपनि कमब्याक गर्न सक्छौं भन्ने आत्मविश्वासले खेल्दा जित हात पार्न सकिएको बताए । ‘रिसिभकै कमजोरीका कारण हामीले शुरुवाती दुई सेट गुमायौं । त्यसपछि बाकी तीन सेटमा रिसिभ र ब्लकलाई सुधार गर्दा नतिजा आफ्नो पक्षमा पार्न सफल भयौं ।’ प्रशिक्षक विष्टले भने, ‘यो नै हाम्रो जितको आधार बन्यो । खेलाडीहरुको उच्च प्रदर्शनले २–० ले पछि परेको खेललाई पनि उल्ट्याउन सक्छ भन्ने सन्देश दिएको छ ।’
एपीएफको जितमा सरस्वती चौधरीले स्पाइकबाट २३, ब्लकमा दुई र सर्भिसबाट एक अंक जोडिन् । यसैगरी नेबिका चौधरीले स्पाइकबाट १६ अंक बटुलिन । शिवम् न्यु डायमन्डकी प्रतिभा मालीले स्पाइकबाट ३० तथा सर्भिसबाट तीन अंक जोडिन् । यस्तै मञ्जु गुरुङले स्पाइकबाट १२ अंक बटुलिन । आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थान हात पा¥यो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले २५–२३, २२–२५, २४–२६, २५–१२, १५–१३ को कठिन जित निकाल्यो ।

शनिबारै भएको पुरुषतर्फको फाइनलमा आर्मीले हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो । आर्मीले भारतीय खेलाडी सम्मिलित हेल्प नेपाललाई २५–१५, २५–२१ र २५–१४ ले पराजित गर्न सफल भयो । आर्मीको जितमा मानबहादुर श्रेष्ठले स्पाइकबाट १७ तथा सर्भिसमा तीन अंक जोडे । यसैगरी धनबहादुर भट्टले स्पाइकबाट १३ अंक बटुले । हेल्प नेपालका अमृत केसीले स्पाइकमा ९ तथा ब्लकबाट एक अंक जोडे । जितपछि आर्मीका प्रशिक्षक कपिल किशोर श्रेष्ठले दुई वर्षअघि आफैले तयार पारेको टिम भएर उपाधि जित्न सहज भएको बताए । ‘यो टिम मैले दुई वर्ष अघि नै तयार पारेको टिम हो । त्यसैले उनीहरुलाई घुलमिल गाह्रो भएन ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘यसपटक रिसिभ, ब्लक र पावर स्पाईकमा सुधार गर्दा झनै सहज भयो ।’

तेस्रो स्थानको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित ग¥यो । एपीएफले पुलिसमाथि २५–२१, २५–११ र २५–१९ को सहज जित निकाल्दै तेस्रो स्थान हात पार्यो ।

प्रतियोगिताको महिलातर्फको विजेता एपीएफ र पुरुषतर्फको विजेता आर्मीले समान १ लाख ५० हजार प्राप्त गार्यो । दोस्रो भएको शिवम् नयु डायमण्ड र हेल्प नेपालले समान १ लाख रुपैया प्राप्त गर्यो । महिला र पुरुष दुवैमा तेस्रो भएको पुलिसले ६० हजार रुपैया प्राप्त गार्यो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.