default_image

8 years ago

March 7, 2018

न्यु डायमण्ड र एपीएफबीच सातौं पटक उपाधि भिडन्त

197 views

0 Bookmark

 पर्वत (हाम्रो खेलकुद) – महिला भलिबलका दुई चिरपरिचित प्रतिदद्वन्दी शिवम न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लबले दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पनि उपाधि भिडन्त पक्का गरेका छन् ।

बुधवार बडगाउँस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा शिवम् न्यु डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गर्दा एपीएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–० को सहज जित निकाल्दै डायमण्डसँगको भेट पक्का गर्‍यो । न्यु डायमण्ड र एपीएफबीच यो सातौं उपाधि भिडन्त हो ।

एपीएफले पोखरामा तीज भलिबल, ढोरपाटन लिग, मेयर कप, पिएम कप र एनभिए क्लब च्याम्पियनसिपमा फाइनलमा न्यु डायमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । न्यु डायमण्डले न्यु डायमण्ड कपमा एपीएफलाई पराजित गर्दै यस वर्ष पहिलो उपाधि जित्न सफल भएको थियो । शिवम् न्यु डायमण्डले नेपाल पुलिसमाथी २५–१८, २१–२५, २५–२१ र २५–१९ को जित निकाललेको थियो । एपीएफले आर्मीलाई २५–९, २५–२१ र २५–२१ को सोझो सेटमा स्तब्ध बनाएको थियो ।

यस अघि नेपाल पुलिसले आफ्नो अन्तिम लिग खेलमा आयोजक दिदिबहिनीलाई २५–७,२ ५–१ र २५–८ को सोझो सेटमा हराउँदै समूह बीको उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । त्यस्तै समूह एको अन्तिम लिग खेलमा नेपाल आर्मीले पश्चिमाञ्चललाई २५–१७, २५–२१ र २५–२० को सोझो सेटमा हराउँदै उपविजेताको हैसियतमा अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

आयोजक दिदिबहिनी र पश्चिमाञ्चल लिग चरणबाट बाहिरिएका छन् । पुलिस र आर्मीले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रो हुनेले ४० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्ने छ भने उत्कृष्ट स्पाईकर, सेटर, ब्लकर, क्विाकर, सर्भरले जनही ५ हजार नगद प्राप्त गर्नेछन् ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.