8 years ago
March 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता न्यु डायमण्ड एकेडेमी र विभागीय नेपाल पुलिस क्लब पाँचौं सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन शिवम् न्यु डायमण्ड एकेडेमीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१, २५–३ र २५–१० को सोझो सेटमा पराजित गर्दै अन्तम चारमा स्थान बनाएको हो । खेलमा डायमण्डकी कृपा अधिकारी प्लेयर अफ द म्याच घोषित भईन् ।
बुधबारै भएको अर्काे खेलमा नेपाल पुलिस क्लवले ढोरपाटन स्पोर्ट्स क्लवमाथि २५–९, २५–३ र २५–१९ को सोझो सेटमा जित निकाल्यो । पुलिसकी कामना विष्ट प्लेयर अफ द म्याच घोषित भईन् । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि त्रिभुवन आर्मी क्लव र नेपाल एपीएफ क्लवले सेमिफाइनलमा स्थान बनाएका थिए ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार तथा दोस्रो हुने टिमले १ लाख २५ हजार र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले जनही ५ हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटी पाउनेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]