default_image

8 years ago

March 15, 2018

न्यु डायमण्ड र एपीएफ उपाधि नजिक

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता शिवम् न्यु डायमण्ड एकेडेमी र उपविजेता नेपाल एपीएफ क्लब पाँचौ सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

APF Volleyball

यससँगै यि दुई टोलीले यो सिजन लगातार आठपटक उपाधिका लागि खेल्न लागेका हुन् । यि दुई टोलीले पोखरामा तीज भलिबल, ढोरपाटन लिग, न्यु डायमण्ड कप, मेयर कप, पिएम कप, एनभिए क्लब च्याम्पियनसिप र दिदी बहिनीकपमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । जसमध्ये एपीएफले न्यु डायमण्ड कप बाहेक सबैमा उपाधि जित्न सफल भएको थियो ।

एपीएफ मुख्यालय हल्चोकमा विहिबार भएको सेमिफाइनलमा शिवम् न्यु डायमण्डले विभागी नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । एकपक्षीय बनेको खेलमा डायमण्डले पुलिसमाथि २५–१०, २५–२२ र २५–१३ को सहज जित निकाल्यो । उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमण्डकी प्रतिभा माली वुमन अफ द म्याच घोषित भईन् ।

बिहिबारै भएको अर्काे सेमिफाइनलमा नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–० को सहज जित निकाल्दै डायमण्डसँगको भेट पक्का ग¥यो । एपीएफले आर्मीमाथि २५–९, २५–९ र २५–१० को सहज जित निकाल्यो । खेलमा एपीएफ क्लबकी नेविका चौधरी वुमन अफ द म्याच घोषित भईन् । फाइनल शुक्रबार हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख ५० हजार पाउनेछ । दोस्रो हुनेले १ लाख २५ हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटी प्राप्त गर्नेछ । प्रतियोगितामा विभिन्न ६ टिमले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.