default_image

8 years ago

March 26, 2018

नेपाललाई एभिसी सेन्ट्रल जोन भलिबल आयोजनाको जिम्मेवारी

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले अर्को वर्षको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । एसियाली भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोनको सोमबार माल्दिभ्समा बसेको बैठकले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् । उनका अनुसार नेपालले सन् २०१९ को नोभेम्बर देखि डिसेम्बर भित्रमा च्याम्पियनसिप आयोजना गर्नेपर्नेछ ।

Nepal volleyball

नेपालले यसअघि पनि च्याम्पियनसिप आयोजनाको जिम्मेवारीको दाबी गरेपछि पाँचौं संस्करणमा आएर मौका पाएको छ । नेपालमा आयोजना हुने त्यो प्रतियोगिता अहिले सम्मकै ठूलो प्रतियोगिता हुने पनि माल्दिभ्सबाट संघका महासचिव चन्दले हाम्रो खेलकुदलाई जानकारी गराए । पछिल्लो केहि वर्षयता अन्तर्राष्ट्रिय भलिबलमा लगातार सहभागिता जनाउँदै आएको नेपालले गत वर्ष माल्दिभ्समा भएको तेस्रो एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।

चार दशक लामो अन्तर्राष्ट्रिय यात्रामा नेपालले जितेको त्यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । यसै वर्ष नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको छ । यो हाम्रो लागि ठूलो अवसर हो ।’ नेपालको भलिबल एसियाली मुलुकमका चिनाउने पनि एउटा अवसर हो,’ चन्दले भने, ‘हामी त्यो च्याम्पियनसिपलाई जतिसक्दो राम्रो गर्ने प्रयास गर्नेछौं ।’ बैठकमा भाग लिन महासचिव चन्दसँगै सचिव मनवीर छन्त्याल पनि माल्दिभ्स पुगेका छन् ।

सेन्ट्रल जोनमा एसियाका १४ राष्ट्र छन् । त्यसमा पनि ५ राष्ट्र ए र बाँकी ९ राष्ट्र बी श्रेणीमा छन् । नेपालसहित माल्दिभ्स, अफगानिस्तान, भुटान, बंगलादेश, तुर्किमिनिस्तान, ताजकिस्तान, कीर्गिस्तान र उज्वेकिस्तान बी श्रेणीमा छन् । भारत, पाकिस्तान, श्रीलंका, काजकिस्तान र इरान ए श्रेणीमा छन् ।

एभिसी सेन्ट्रल जोनका ३ मध्ये २ प्रतियोगिता बंगलदेश र बाँकी एक माल्दिभ्सले आयोजना गरेको थियो । सन् २०१५ र २०१६ बंगलादेश र २०१७ को माल्दिभ्सले आयोजना गरेको थियो । अप्रिल २० देखि हुने चौथो संस्करण पनि बंगलादेशले आयोजना गर्दैछ । जसका लागि नेपाली टोलीले पनि तयारी सुरु गरिसकेको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.