8 years ago
April 10, 2018
धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई जितका लागि रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर १ सय ३० रन जोड्यो ।
पहिलो ओभरमै कप्तान विनोद भण्डारीलाई १ रनमै गुमाएको महेन्द्रनगरको इनिङ्स आरिफ शेख र पुनित विष्टले सम्हाने प्रयास गरेका थिए । पुनित ६ रनमा आउट हुदा आरिफ ३५ रनमा आउट हुन पुगेका थिए । आसिफ शेख ११ रनमा आउट भए । रोहित कुमार पौडेल ११ रनमा आउट भए । पुनित मेहरा रनमा २६ रनमा आउट भए । प्रनित थापा मगर ५ रनमा आउट भए । करन केसी २४ रनमा अविजित रहे । करणले १३ बलमा १ छक्का र ३ चौका प्रहार गरे ।
अत्तरियाका कमल सिंह ऐरीले २ विकेट लिए । कृष्ण कार्की, शुभांकर उराओ, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपीन चन्द्राले समान १ विकेट लिए । अत्तरियाले केही बेरमा ब्याटिङ थाल्नेछ । यो खेलको विजेताले फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्ससँग खेल्नेछ । काठमाडौं गोल्डेन्स मंगलबारै घरेलु टोली टिम चौराहासँग १ विकेटले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]