8 years ago
April 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले नेपाली भलिबल टिमले बंगलादेशमा स्वर्ण जित्न सके जनही २ लाख नगदले पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
चौथो एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिप खेल्न बंगलादेश प्रस्थान गर्न लागेका नेपाली टिमलाई बुधबार बिदाई गर्दै सदस्यसचिव विष्टले यस्तो घोषणा गरेका हुन् । ‘टिमले उपाधि जितेर फर्किएमा जनही २ लाख र उपविजेता भएमा १ लाखले पुरस्कृत गर्ने घोषणा गर्दछु ।’ सदस्यसचिव विष्टले भने ।
राष्ट्रिय खेल भएका नाताले राष्ट्रिय खेलकुद परिषदले भलिबललाई विशेष प्राथमिकतामा राखेको बताउदै सदस्यसचिव विष्टले ३१ वर्षपछि एशियाली खेलकुदमा पहिलोपटक भलिबललाई समावेश गरिएको भन्दै महिला टिमको सहभागिताका लागि पनि प्रयास भइरहेको जानकारी दिए ।उनले पुरुष र महिला टिम भनेर विभेद नगर्ने पनि बताए ।
नेपाली टोली
१ः इम रानामगर (कप्तान)
२. ३.कुल बहादुर थापा
३.मान बहादुर श्रेष्ठ
४.धनबहादुर भट्ट क्षेत्री
५.हरि अधिकारी
६. नरेन्द्र गिरी
७. दीपकराज जोशी
८.सुरेन्द्र बम
९.राजु थकाली शेरचन,
१०.ईश्वर थापामगर
११.विनोद चन्द
१२. दिनेश गिरी
राजु थकाली शेरचन, दीपकराज जोशी, सुरेन्द्र बम, विनोद चन्द र दिनेश गिरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका हुन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]