8 years ago
April 20, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा भोलीबाट शुरु हुने एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ ।
बंगलादेशको ढाकामा शुक्रबार भएको टाइसिट ‘ड्र’ मा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपालले पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग खेल्न परेको हो । खेल नेपाली समयअनुसार अपरान्ह ४ बजेपछि हुनेछ । नेपाली टोली बिहिबार ढाका प्रस्थान गरेको थियो ।
अन्तर्राष्ट्रिय भलिबलमा भाग लिन थालेको ४२ वर्षेपछि नेपालको पुरुष भलिबल टोलीले गतवर्ष माल्दिभ्समा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा कास्य पदक हात पारेको थियो । नेपाल भलिबलमा जितेको त्यो अहिले सम्मकै ठूलो र आधिकारिक पदक हो । कम्तीमा त्यहि उपलब्धिलाई रक्षा गर्ने योजना नेपाली टिमको हुनेछ ।
यसपटक टिममा ५ खेलाडीले स्थान पाएका छन् । त्यसमध्ये दीपक राज जोशीले डेब्यु गर्ने सम्भावना छ ।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करणदेखि नै च्याम्पियनसिपमा सहभागिता जनाउदै आएको थियो । दोस्रो संस्करणसम्म पदक जित्न असफल रहेको नेपालले गतवर्ष माल्दिभ्समा भएको तेस्रो संस्करणमा कास्यपदक जित्दै नेपाली भलिबलमा ४२ वर्षपछि ऐतिहासिक पदक दिलाएका थिए ।
चौथो संस्करणको सेन्ट्रल जोन च्याम्पियनसिपमा विभिन्न ९ देशको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ । च्याम्पियनसिप बंगलादेशको ढाकामा ८ वैशाखबाट १६ वैशाखसम्म हुनेछ । च्याम्पियनसिपमा माल्दिभ्स, भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, किर्गिस्तान, तुर्केमिनिस्तान, काजकिस्तान र उज्वेकिस्तानको सहभागिता रहनेछ ।
नेपाली टोली
१ इम रानामगर (कप्तान)
२. कुल बहादुर थापा
३.मान बहादुर श्रेष्ठ
४.धनबहादुर भट्ट क्षेत्री
५.हरि अधिकारी
६. नरेन्द्र गिरी
७. दीपकराज जोशी
८.सुरेन्द्र बम
९.राजु थकाली शेरचन,
१०.ईश्वर थापामगर
११.विनोद चन्द
१२. दिनेश गिरी
प्रशिक्षकः जगदिश भट्ट र बलराम क्षत्री
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]