8 years ago
April 21, 2018
काठमाडौं- चौथो संस्करणको एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ ।
बंगबन्धुस्थित कवर्डहलमा शनिबार भएको उद्घाटन खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेटमा २६–२४ को कठिन जित निकालेको नेपालले त्यसपछिको तीनै सेट सहजै गुमायो । दोस्रो सेट १८–२५, तेस्रो सेट १४–२५ र चौथो सेट २१–२५ ले गुमायो ।
स्वर्ण जित्ने लक्ष्यसहित ढाका पुगेको नेपाली टोलीले पहिलो खेलमा हार बेहोरेपनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवितै छ । नेपालले आइतबार माल्दिभ्सलाई पराजित गरे नेपालको सेमिफाइल यात्रा जीवितै रहने छ । पराजित भएको खण्डमा नेपाल च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिनेछ ।
मध्य एसियाका दोस्रो स्तरका टोलीहरुका लागि प्रत्येक बर्ष आयोजना हुदै आएको सेन्ट्रल जोन प्रतियोगिता नेपालका लागि निक्कै महत्वपुर्ण प्रतियोगिता हो । सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करण आयोजना भईरहदा नेपालले पनि चौथो पटक सहभागीता जनाएको हो । यही प्रतियोगितामा नेपालले गतवर्ष कास्य जित्दै ४२ वर्षे भलिबल इतिहासमा ऐतिहासिक पदक हात पारेको थियो
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]