8 years ago
April 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई ग्लोबल आइएमई बैंकले सह–प्रायोजन सहयोग गरेको छ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा आगामी बैशाख तेस्रो साताबाट सुरु हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बैंकले प्रतियागिताको लागि २ लाखको प्रायोजन गरेको हो । सम्झौतापत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गरे।
सम्झौता बमोजिम बैंकले प्रतियोगिताको यस संस्करणका लागि २ लाख नगद सहयोग गर्नेछ। सम्झौतापत्रमा हस्ताक्षर पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियोगितालाई सहयोग गरेको बताए।
प्रतियोगिता बैशाख २१ देखि २५ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। प्रतियोगिताको मुख्य प्रायोजकमा केएनपीले गरेको छ। प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको वजेट १८ लाख रहेको छ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]