8 years ago
April 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोली बंगलादेशमा जारी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा बलियो तुर्केमिनिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ।
समूह ‘ए’को उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको नेपालले समूह ‘बी’ मा अपराजित तुर्केमिनिस्तानसँग २५-१४, २५-१८, २५-१९ ले पराजित भएको हो। नेपालले दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग तेस्रो स्थानको लागि भिड्नेछ। दोस्रो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आयोजक बंगालदेशले आजै किर्गिस्तानको सामना गर्दैछ।
प्रतियोगिताको सेमिफाइनल विजेताबीच फाइनल र तेस्रो स्थानको खेल शुक्रबार हुनेछ । सेन्ट्रल जोन प्रतियोगिताको चौथो संस्करण आयोजना भईरहदा नेपालले पनि चौथो पटक सहभागिता जनाएको हो । यही प्रतियोगितामा नेपालले गतवर्ष कास्य जित्दै ४२ वर्षे भलिबल इतिहासमा ऐतिहासिक पदक हात पारेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]