8 years ago
May 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो दिन शनिबार विभागिय डर्बीमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब भिड्दै छन्। दिनको दोस्रो खेल १:३० मा सुरु हुनेछ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको पहिलो दिन त्रिपुरेश्वोर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल पुलिस क्लबले शिवम् न्यु डायमण्डलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। नेपाल आर्मी क्लबले भने आज पहिलो खेल खेल्दैछ।
आजको पहिलो खेलमा भने साविक विजेता नेपाल एपिएफ क्लबले पश्चिमाञ्चल भलिबल टोलीको सामना गर्नेछ। खेल दिनको ११ बजे सुरु हुँदैछ। एपिएफले पहिलो दिनको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो भने पश्चिमाञ्चलको आज यो पहिलो खेल हुनेछ।
तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको यस प्रतियोगिताको फाइनल बैशाख २५ गते हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट वेष्ट स्पाईकर’, ‘शिवम् सिमेन्ट वेष्ट डिफेन्स’ र ‘शिवम् सिमेन्ट वेष्ट ब्लकर’ को उपाधिबाट एक–एक खेलाडीलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको वजेट १८ लाख रहेको छ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]