default_image

8 years ago

May 6, 2018

आर्मीमाथि डायमण्डको संघर्षपूर्ण जित, डायमण्ड सेमिफाइनलमा

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा शिवम् न्यु डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो। आर्मी भने समूहमा अन्तिम हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। 

तस्बिर: विवेक सुवेदी/हाम्रो खेलकुद

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा आर्मीलाई डायमण्डले ३-२ ले पराजित गर्यो। पहिलो सेट २५-१९ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५-१९ ले गुमाएको थियो।

तेस्रो सेट २५-१८ ले डायमण्डले जितेको थियो भने २५-२२ ले चौथो सेट आर्मीले जितेपछि पाँचौ सेट निर्णायक भएको थियो। पाँचौ सेटमा १५-१० को जित निकाल्दै डायमण्डले सेमिफाइनलमा स्थान पक्का गर्यो। आफ्नो पहिलो खेलमा दुवै टोली नेपाल पुलिस क्लबसँग ३-१ ले पराजित भएपछि यो खेल निर्णायक रह्यो।

आजनै समूह ए को अन्तिम खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चल भलिबल टोली भिड्ने छन्। यस खेलको विजेताले पनि सेमिफाइनलमा स्थान बनाउने छ। अहिलेसम्म नेपाल पुलिस क्लब, नेपाल एपिएफ र शिवम् न्यु डायमण्ड एकेडेमीले अन्तिम ४ मा स्थान बनाएका छन्। भोलीको पहिलो सेमिफाइनलमा न्यु डायमण्ड एकेडेमीले एपिएफको सामना गर्नेछ। दोस्रो सेमिफाइनलमा पुलिस क्लब र आजको दोस्रो खेलको विजेता प्रतिस्पर्धा गर्नेछन्।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.