default_image

8 years ago

May 7, 2018

केएनपी भलिबल – सेमिफाइनलमा एपिएफ र डायमण्ड भिड्दै

435 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल हुँदैछन्। नेपाल पुलिस क्लब, शिवम् न्यु डायमण्ड, नेपाल एपिएफ क्लब र पश्चिमाञ्चल भलिबल टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। 

पहिलो सेमिफाइनल – एपिएफ विरुद्ध डायमण्ड

Pratibha Mali celebration

डायमण्डकी महत्वपूर्ण खेलाडी प्रतिभा माली

आजको पहिलो सेमिफाइनलमा समूह ‘ए’ को  विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’ को उपविजेता शिवम् न्यु डायमण्डबीच ११ बजे त्रिपुरेश्वोरस्थित राखेपको कभर्डहालमा खेल हुँदैछ। अघिल्लो संस्करणको फाइनलमा यी दुई टोली भेट्दा नेपाल एपिएफ क्लबले ३-२ ले डायमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो।

एपिएफले समूह चरणमा पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने डायमण्ड पहिलो खेलमा पुलिससँग ३-१ ले पराजित भएपनि दोस्रो खेलमा आर्मीलाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

दोस्रो सेमिफाइनल – पुलिस विरुद्ध पश्चिमाञ्चल

पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ

आजको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चलको सामना गर्दैछ। १:३० बजे सुरु हुने दोस्रो खेलमा समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको पुलिसले ‘ए’ को उपविजेताको सामना गर्दैछ। पश्चिमाञ्चलले जावलाखेललाई हिजो भएको खेलमा पराजित गर्दै समूह एको उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको हो भने पुलिसले पहिलो खेलमा डायमण्ड र दोस्रो खेलमा आर्मीलाई ३-१ ले पराजित गर्दै समूह बीको विजेता बनेको थियो।

तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहेको यस प्रतियोगिताको फाइनल बैशाख २५ गते हुनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘केएनपी सर्वोकृष्ट खेलाडी’ को उपाधि सहित १० हजार रुपैयाँ प्रदान गरिनेछ । विधागत उत्कृष्टतर्फ ‘शिवम् सिमेन्ट वेष्ट स्पाईकर’, ‘शिवम् सिमेन्ट वेष्ट डिफेन्स’ र ‘शिवम् सिमेन्ट वेष्ट ब्लकर’ को उपाधिबाट एक–एक खेलाडीलाई ५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको वजेट १८ लाख रहेको छ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.