default_image

8 years ago

May 8, 2018

सरस्वती सर्वोत्कृष्ट, रेश्मालाई स्पेशल अवार्ड

287 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले बर्षको पहिलो उपाधिका रुपमा शनिबार केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता जित्दा टोलीका महत्वपूर्ण खेलाडी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् भने रेश्मा भण्डारी शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित भइन् । सरस्वती र रेश्मा दुवैले घडी र १० हजार रुपैयाँ प्राप्त गरे ।

तस्बिर : विवेक सुवेदी/ हाम्रो खेलकुद

Saraswati Chaudhary

अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० (२५-१२,२५-१९,२५-१७)  को सोझो सेटमा हराउँदै एपिएफले बर्षको पहिलो उपाधि जितेको थियो । एपिएफ महिला भलिबलको सबैभन्दा सफल टोली हो । गत वर्ष १० वटा फाइनल खेलेको एपिएफले ९ वटा उपाधि जितेको थियो ।

प्रतियोगितामा उच्च प्रदर्शन गर्नेमध्येको एकजनालाई शेरबहादुर खड्का स्पेशल अवार्डबाट सम्मानित गरिएको आयोजक शेरबहादुर स्मृति प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगिता व्यक्तिगत विधातर्फ शवम् न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स र कप्तान ललितानाथ उत्कृष्ट क्वीकर घोषित भए । पुलिसकी कमला पुन उत्कृष्ट सेटर र मनिषा चौधरी उत्कृष्ट ब्लकर घोषित हुदा एपिएफकी उषा विष्ट उत्कृष्ट सर्भर र ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्ष चुनिए । व्यक्तिगत विधातर्फको सबै विजेताले जनही ५ हजार रुपैया प्राप्त गरे ।

विजयी टिम तथा खेलाडीहरुलाई राखेपका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, कन्सई नेरोलिक पेन्टस् (केएनपी)  का प्रतिनिधि र शिवम् सिमेन्टका प्रतिनिधिहरु पुरस्कृत गरे । बैशाख २१ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न ६ टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताका उत्कृष्टहरु

 

१. सरस्वती चौधरी (सर्वाेत्कृष्ट खेलाडी, एपीएफ)

२. रेश्मा भण्डारी (स्पेशल अवार्ड, एपीएफ)

३. प्रतिभा माली (स्पाइकर, न्यु डायमण्ड)

४. सलिना श्रेष्ठ (डिफेन्स, न्यु डायमण्ड)

५. ललितानाथ (क्वीकर, न्यु डायमण्ड)

६. कमला पुन (सेटर, पुलिस)

७. मनिषा चौधरी (ब्लकर, पुलिस)

८. उषा विष्ट (सर्भर, एपीएफ)

९. ज्ञानेन्द्र विष्ट (प्रशिक्षक, एपीएफ)

 

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.