default_image

8 years ago

May 22, 2018

मैत्रीपूर्ण खेलमा एपिएफले न्यु डायमण्डलाई हरायो

131 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल दिवसको उपलक्ष्यमा नैकापस्थित शिवम् न्यु डायमन्ड क्लबको परिसरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल एपिएफ क्लबले शिवम् न्यु डायमन्डलाई २-० ले पराजित गरेको छ। ‘वेस्ट अफ थ्री’ मा आधारित खेलमा न्यु डायमण्डले घरेलु कोर्टमा पहिलो दुई सेटमा पराजय भोग्यो। 

APF win

नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषित गरेपछि संघले प्रत्येक वर्ष जेठ ८ गते भलिबल दिवस मनाउने निर्णय गरेको थियो । सोहि अवसरमा सम्पन्न खेलमा एपिएफ २५-२३  र २५-१९ ले विजयी भएको हो।  चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत पछिल्लो भेटमा पनि एपिएफले डायमण्डलाई ३-१ ले सेमिफाइनलमा पराजित गरेको थियो।

मैत्रीपूर्ण खेलको विजेता नेपाल एपिएफले नगद १० हजार तथा डायमण्डले ७ हजार प्राप्त गर्यो।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.