7 years ago
June 9, 2018
काठमाडौ (हाम्रो खेलकुद) – महिला भलिबलको सशक्त टोली विभगीय नेपाल एपिएफ क्लब चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा एपिएफले मुख्य प्रतिस्पर्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।
एपिएफकी सरस्वती चौधरी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपै या प्राप्त गरिन् । उपाधिबाट वञ्चित रहेको डायमण्डले ब्यक्तिगत विधामा भने वर्चस्व जमायो । डायमण्डका प्रतिभा माली उत्कृष्ट स्पाइकर, अरुणा शाही उत्कृष्ट सर्भर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । आर्मीकी जानकी भण्डारी उत्कृष्ट सेटर र आर्मीकै सोफिया पुन उत्कृष्ट ब्लकर घोषित भए ।
उनीहरुले समान ५ हजार रुपैया प्राप्त गरे । मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, नेपाल सेटलाइट टेलिकम प्रालिकी कार्यकारी निर्देशक अस्मिता सुमार्गी, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायले पुरस्कार वितरण गरे । जेठ २१ गतेबाट शुरु भएको प्रतियोगितामा गत फागुनमा भएको एनभिए छनोट खेलमाट छनोट भएका ६ टोलीले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
च्याम्पियनसिपका उत्कृष्ट:
सरस्वती चौधरी (सर्वाेत्कृष्ट खेलाडी, एपिएफ)
प्रतिभा माली (स्पाइकर, न्यु डायमण्ड)
अरुणा शाही (सर्भर, न्यु डायमण्ड)
सलिना श्रेष्ठ (डिफेन्डर, न्यु डायमण्ड)
जानकी भण्डारी (सेटर, त्रिभुवन आर्मी)
सोफिया पुन (ब्लकर, त्रिभुवन आर्मी)
कुमार राई (प्रशिक्षक, न्यु डायमण्ड)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]