10 years ago
February 6, 2016
गुहावटी, माघ २३ । १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत नेपालले दोस्रो दिन शनिबार दुई कास्य र एक रजत जित्न सफल भएको छ ।
सागअन्तर्गत कुस्तीमा एक कास्य तथा भारत्तोलनमा १ रजत र १ कांस्य जितेको छ । नेपालले पुरुषमा रजत र महिलामा कांस्य जित्यो ।
पुरुषको ६२ केजीमा विकास थापाले नेपाललाई रजत दिलाए । उनले स्न्याचमा १ सय १२ र क्लिन एन्ड जर्कमा १ सय
३० गरी कूल २ सय ४२ केजी भार वहन गरे । जम्मा २ सय ६५ केजी भार उचालेका श्रीलंकाली खेलाडीले स्वर्ण हात पारे ।
महिलाको ५३ केजीमा देवीकुमारी चौधरीले कांस्य हात पार्ने क्रममा स्न्याचतर्फ ५४ र क्लिन एन्ड जर्कमा ७५ गरी जम्मा १ सय २९ केजी वजन उठाइन् ।
यस्तै पुरुष कुस्तीको ६५ केजीमा नेपालका सरोज यादवले कांस्य जिते ।
महिला भलिबलमा नेपाल सेमिफाइनलमा
भारतको गुवाहटीमा भइरहेको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाल शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल अफ्गानिस्तानबाट वाक ओभर पाउदै समूह ‘क’ को उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । अघिल्लो दिन नेपाल श्रीलंकासंग ३–० ले पराजित भएको थियो ।
उक्त समूहमा पुरुषमा समूह ‘ए’ को लिग खेलमा भारतले नेपाललाई ३–० ले हरायो । नेपाल २५–१५, २५–१६ र २५–१५ ले चुक्यो । नेपाल रहेको समूहमा श्रीलंका र पाकिस्तान छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]